०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले पालना गर्नुपर्ने आचार संहिता कार्यादेश सम्बन्धी तालीम सम्पन्न

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

महेन्द्र सिंह
बाँके नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जारी गर्नु भएको “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहित सम्बन्धी कार्यादेश २०७७” सम्बन्धी आज मिति २०७७।०६।०३ गते यस कार्यालय मातहत प्रहरी युनिटका युनिट ईन्चार्जहरुलाई “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहित सम्बन्धी कार्यादेश २०७७” सम्बन्धी प्र.नि.सुरज खत्रीद्वारा अनुशिक्षण तालीम प्रदान गर्नुका साथै उक्त तालीममा जन सम्पर्क तथा भेटघाट, आचार संहिताका सामान्य सिद्धानतहरु, अनुशासन, आचरण, भाईचारा र व्यवहार, कानूनको कार्यान्व्यन र मानव अधिकार, संचार माध्यम, सामाजिक संजाल र गोपनियता, प्रहरी पोशाक प्रयोग, कार्यालय संचालन, सेवाग्राही संगको व्यवहार, गुनासो व्यवस्थापन सम्बन्धी प्रशिक्षण गरिएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!