०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके कोहलपुरमा कुलमानको पक्षमा प्रदर्शन

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

ABC Sanchar नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा बाँकेको कोहलपुरमा युवाहरुले प्रदर्शन गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई पुन: नियुक्त गर्न माग गर्दै युवाहरुले कोहलपुरमा प्रदर्शन गरेका हुन् ।
शनिबार बिहान कोहलपुर चौराहामा जम्मा भएका युवाहरुले उनको पक्षमा र्याली निकालेका थिए ।
देशका विभिन्न स्थानमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेका बेला कोहलपुरमा समेत प्रदर्शन भएको हो ।
भ्रष्टचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ ! कमिसनको चलखेलबाट प्राधिकरणलाई मुक्त पारौँ !’ भन्ने मूल नाराका साथ युवाहरुले कुलमानको पुनः नियुक्तिको लागि र्याली प्रदर्शन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!