०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

संविधान दिवसको अवसरमा दाङका १७ कैदी थुनामुक्त

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

सागर थापा दाङ                                                  घोराही कारागारबाट ११ र तुलसीपुर कारागारबाट ६ जना कैदीलाई थुनामुक्त गरिएको हो ।
असल चालचलन भएका, आधा कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई संविधान दिवसका दिन कैद मिनाह गर्ने गरिन्छ । सोही अनुसार घोराही कारागारबाट कर्तव्य ज्यान सम्बन्धि र सवारी ज्यान सम्बन्धि ४/४ जना, हातहतियार खरखजना सम्बन्धी, ठगी सम्बन्धि र ज्यानमार्ने उद्योग सम्बन्धि १ / १ जनाको कैद भुक्तान गरिएको हो । त्यस्तै तुलसीपुर कारागारबाट नकावजनी चोरी सम्बन्धी ३ जना, सवारी ज्यान सम्बन्धी दुईजना र डाँकाचोरी सम्बन्धी एक जना कैदीको कैद मिनाह गरिएको हो ।
अब तुलसीपुरमा ४ सय ५१ र घोराहीमा दुईसय ७६ कैदीबन्दी रहेका छन् । तुलसीपुर कारागारमा नयाँ भवन निर्माण भएपछि पाँचसय क्षमता राख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!