०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सार्वजनिक बिदाको दिन सरकारी गाडीमाथी कडा निगरानी ट्राफिक प्रमुख: बम

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

सागर थापा/महेन्द्र सिंह
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अब सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरुमा कडा निगरानी गर्ने भएको । सरकारी कार्यालयका सवारी साधनहरु केही दिन यता व्यापक दुरुपयोग भएको भन्दै समाजिक संजाल र समाचारहरुमा आउन थाले पछी शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पनि सन्चालमा आएका सरकारी नम्बर प्लेटका सन्चालमा आएको गाडी तथा मोटरसाइकलहरु कडा निगरानी एवं चेकजाँच तीब्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले (कोबिट 19) कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यक सुरक्षा कर्मीका गाडी विद्युतका गाडी नेपाल टेलिकमका गाडी एम्बुलेन्स र अति आबस्यका सवारी साधन गाडीहरु बिदाको दिनमा चलाउन पाइने छ । यी बाहेक अन्य सरकारी कार्यालयका गाडी तथा मोटरसाइकल हरु बिदाको दिन चलाउनका लागि सम्बन्धित कार्यालयका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेबाट काम खुलाएको लिखित पत्र राख्ने गरि सवारी पास भए मात्र चलाउन पाउने बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!