०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

६ महिनापछि सञ्चालनमा आउँदै आन्तरिक हवाई सेवा भाडा नबढ्ने, पूर्ण क्षमतामा यात्रु बोक्न पाइने

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

ABC Sanchar
काठमाडौं करिब ६ महिनापछि देशका प्राय सबै (चालू अवस्थामा रहेका) विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन हुँदैछ ।
सरकारले सोमबार (असोज ५ गते)बाट नियमित आन्तरिक उडान सेवा शुरु हुने भन्दै सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरिसकेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायु सेवा कम्पनीहरुलाई लेखेको पत्रमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गराएर सेवा सञ्चालन गर्न पनि भनेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै गत चैतमा देशव्यापी लकडाउन जारी भएसँगै आन्तरिक हवाई सेवा समेत ठप्प थियो । लकडाउन हुनु अगाडिसम्म करिब २५ देखि ३० वटा विमानस्थलमा दैनिक रुपमा उडान हुँदै आएका थिए ।
तर, असोज ५ गतेदेखि आन्तरिक हवाई सेवा शुरु भएपछि भने सञ्चालनमा रहेकामध्ये आधा विमानस्थलमा उडान हुनसक्ने पर्यटन मन्त्रालयका अधिकारी बताउँछन् ।
पोखरा, विराटनगर, भैरहवा, भद्रपुर (झापा), नेपालगञ्ज, धनगढी, जनकपुर र भरतपुर (चितवन)मा दैनिक १ देखि आवश्यकताअनुसार २ र ३ वटा उडान हुनेछन् ।
अन्य विमानस्थलमा भने यात्रुको संख्या हेरेर हवाई कम्पनीहरुले उडान अनुमति पाउने छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार असोज ५ गतेदेखि ९ दिनसम्म २५ प्रतिशत मात्रै उडान हुनेछन् ।
जस्तै, पोखरा विमानस्थलमा लकडाउन अगाडि हुने गरेको दैनिक उडान संख्याको २५ प्रतिशत मात्रै उडान हुनेछन् । अन्य विमानस्थलमा पनि यही आधारमा उडान हुनेछन् ।
तर, ९ दिनपछि यात्रुको उपलब्धतता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुनेछन् ।
आन्तरिक उडानका क्रममा वायुसेवा कम्पनीले सीट क्षमताको कति प्रतिशत यात्रु बोक्न पाइने भन्ने केही खुलाएको छैन । जसकारण वायुसेवा कम्पनीहरु शतप्रतिशत नै यात्रु बोक्ने तयारीमा छन् ।
तर, त्यसअगाडि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरिने छ । सेवा प्रवाहका लागि जुनसुकै विमानस्थलमा पुग्ने यात्रुको पहिले शरीरको तापक्रम जाँच गरिने छ । त्यसपछि विमानस्थलमा रहेको हेल्थ डेस्कमा यात्रुलाई एउटा फर्म भर्न लगाइने छ ।
त्यसमा यात्रुले आफ्नो ट्राभल हिस्ट्री, कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण देखिएको नदेखिएको, कुनै रोग लागेको, अस्पताल गएको जस्ता विवरण लेख्नुपर्ने हुन्छ ।
भाडा भने नबढ्ने
यसअघि सरकारले हवाई यात्राका दौरान भौतिक दुरी कायम हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने र साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाइने गरी सेवा सञ्चालन गर्न हवाई कम्पनीहरुलाई प्रस्ताव राखेको थियो । तर अहिलेको अवस्थामा हवाई यात्रुहरुले साविकको भन्दा ५० प्रतिशत महङ्गो भाडा तिर्न नसक्ने भन्दै व्यवसायीहरुले सरकारको प्रस्ताव स्वीकार गरेनन् ।
व्यवसायीहरुले साविककै भाडादरमा पूर्ण क्षमतामा मात्रै यात्रु बोक्ने अडान राखेपछि सरकारले व्यवसायीकै प्रस्तावमा समर्थन जनाएको छ ।
जसकारण तत्कालका लागि हवाई भाडा बढ्ने छैन । अब यात्रुहरुले लकडाउन अगाडिकै भाडादरमा आन्तरिक हवाई यात्रा गर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!