११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

६ महिनापछि सञ्चालनमा आउँदै आन्तरिक हवाई सेवा भाडा नबढ्ने, पूर्ण क्षमतामा यात्रु बोक्न पाइने

Logo
प्रकाशित आइतबार, आश्विन ०४, २०७७

ABC Sanchar
काठमाडौं करिब ६ महिनापछि देशका प्राय सबै (चालू अवस्थामा रहेका) विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन हुँदैछ ।
सरकारले सोमबार (असोज ५ गते)बाट नियमित आन्तरिक उडान सेवा शुरु हुने भन्दै सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरिसकेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायु सेवा कम्पनीहरुलाई लेखेको पत्रमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गराएर सेवा सञ्चालन गर्न पनि भनेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै गत चैतमा देशव्यापी लकडाउन जारी भएसँगै आन्तरिक हवाई सेवा समेत ठप्प थियो । लकडाउन हुनु अगाडिसम्म करिब २५ देखि ३० वटा विमानस्थलमा दैनिक रुपमा उडान हुँदै आएका थिए ।
तर, असोज ५ गतेदेखि आन्तरिक हवाई सेवा शुरु भएपछि भने सञ्चालनमा रहेकामध्ये आधा विमानस्थलमा उडान हुनसक्ने पर्यटन मन्त्रालयका अधिकारी बताउँछन् ।
पोखरा, विराटनगर, भैरहवा, भद्रपुर (झापा), नेपालगञ्ज, धनगढी, जनकपुर र भरतपुर (चितवन)मा दैनिक १ देखि आवश्यकताअनुसार २ र ३ वटा उडान हुनेछन् ।
अन्य विमानस्थलमा भने यात्रुको संख्या हेरेर हवाई कम्पनीहरुले उडान अनुमति पाउने छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार असोज ५ गतेदेखि ९ दिनसम्म २५ प्रतिशत मात्रै उडान हुनेछन् ।
जस्तै, पोखरा विमानस्थलमा लकडाउन अगाडि हुने गरेको दैनिक उडान संख्याको २५ प्रतिशत मात्रै उडान हुनेछन् । अन्य विमानस्थलमा पनि यही आधारमा उडान हुनेछन् ।
तर, ९ दिनपछि यात्रुको उपलब्धतता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुनेछन् ।
आन्तरिक उडानका क्रममा वायुसेवा कम्पनीले सीट क्षमताको कति प्रतिशत यात्रु बोक्न पाइने भन्ने केही खुलाएको छैन । जसकारण वायुसेवा कम्पनीहरु शतप्रतिशत नै यात्रु बोक्ने तयारीमा छन् ।
तर, त्यसअगाडि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरिने छ । सेवा प्रवाहका लागि जुनसुकै विमानस्थलमा पुग्ने यात्रुको पहिले शरीरको तापक्रम जाँच गरिने छ । त्यसपछि विमानस्थलमा रहेको हेल्थ डेस्कमा यात्रुलाई एउटा फर्म भर्न लगाइने छ ।
त्यसमा यात्रुले आफ्नो ट्राभल हिस्ट्री, कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण देखिएको नदेखिएको, कुनै रोग लागेको, अस्पताल गएको जस्ता विवरण लेख्नुपर्ने हुन्छ ।
भाडा भने नबढ्ने
यसअघि सरकारले हवाई यात्राका दौरान भौतिक दुरी कायम हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने र साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाइने गरी सेवा सञ्चालन गर्न हवाई कम्पनीहरुलाई प्रस्ताव राखेको थियो । तर अहिलेको अवस्थामा हवाई यात्रुहरुले साविकको भन्दा ५० प्रतिशत महङ्गो भाडा तिर्न नसक्ने भन्दै व्यवसायीहरुले सरकारको प्रस्ताव स्वीकार गरेनन् ।
व्यवसायीहरुले साविककै भाडादरमा पूर्ण क्षमतामा मात्रै यात्रु बोक्ने अडान राखेपछि सरकारले व्यवसायीकै प्रस्तावमा समर्थन जनाएको छ ।
जसकारण तत्कालका लागि हवाई भाडा बढ्ने छैन । अब यात्रुहरुले लकडाउन अगाडिकै भाडादरमा आन्तरिक हवाई यात्रा गर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!