१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बाँके ट्राफिकले स्वास्थ्य मापदण्ड पूरा नगर्ने १४ सवारी साधन कार्वाही

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

महेन्द्र सिंह
बाँकेमा मापदण्ड पूरा नगरी चलाइएका १४ वटा सवारीसाधनहरु कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी बाँके र यातायात कार्यालयको संयुक्त छडके चेकजाँचमा स्वास्थ्य मापदण्ड पूरा नगरी जान लागेको लामो दुरीका सवारीसाधनहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले बताए। चेकजाँच का क्रममा सवारी चालकलाई कोरोना महामारीबाट बच्न अनिबार्य स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनु पर्ने अब अन्यथा यो भन्दा ठुलो कारबाही गरिने बमले बताए। ट्राफिक प्रमुख बमका अनुसार अब सधै यात्रु बोक्ने सवारीसाधनको जाँच गरि मापदण्ड पूरा भए नभएको हेरिने भएको छ। त्यस्तै बाँके ट्राफिकले मापसे चेकजाँचमा निकै कडाइ गरेको ट्राफिक प्रमुख बमले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

error: Content is protected !!