०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले स्वास्थ्य मापदण्ड पूरा नगर्ने १४ सवारी साधन कार्वाही

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

महेन्द्र सिंह
बाँकेमा मापदण्ड पूरा नगरी चलाइएका १४ वटा सवारीसाधनहरु कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी बाँके र यातायात कार्यालयको संयुक्त छडके चेकजाँचमा स्वास्थ्य मापदण्ड पूरा नगरी जान लागेको लामो दुरीका सवारीसाधनहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले बताए। चेकजाँच का क्रममा सवारी चालकलाई कोरोना महामारीबाट बच्न अनिबार्य स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सवारी चलाउनु पर्ने अब अन्यथा यो भन्दा ठुलो कारबाही गरिने बमले बताए। ट्राफिक प्रमुख बमका अनुसार अब सधै यात्रु बोक्ने सवारीसाधनको जाँच गरि मापदण्ड पूरा भए नभएको हेरिने भएको छ। त्यस्तै बाँके ट्राफिकले मापसे चेकजाँचमा निकै कडाइ गरेको ट्राफिक प्रमुख बमले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!