१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बसको एक सिटमा एकजना मात्र बस्न स्वास्थ मन्त्रालयको आग्रह

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

ABC Sanchar
सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गरे।
“अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उनले भने, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ।”
सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो। गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन्।
सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जिवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उनले बताए।
सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ।
स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ।
यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उनले अनुरोध गरे। कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उहाँले आग्रह गरे।
मन्त्रालयका प्रवक्ता डा। गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताए।
अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसक्नुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!