०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रेस काउन्सिलले विभिन्न पत्रकारहरु लाई पुरस्कृत गर्ने

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

ABC Sanchar
काठमाडौँ प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । काउन्सिलको ५१ औँ वर्ष प्रवेश अवसरमा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो । २०२७ साल असोज ६ गते काउन्सिल स्थापना भएको हो । सो पुरस्कारको राशि एक लाख ५१ हजार रूपियाँ रहेको छ । यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि एक लाख १० हजार रूपियाँ रहेको छ । प्रेस काउन्सिल नेपालले दिएको जानकारी अनुसार, ५० हजार रूपियाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिने भएको छ ।
यस्तै, २० हजार रूपियाँ राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार सात जनालाई प्रदान गरिने भएको छ । सो पुरस्कार प्राप्त गर्नेहरूमा झापाका गोविन्द क्षेत्री, काठमाडौँका राजन कार्की, धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) हुनुहुन्छ । त्यस्तै, १५ हजार रूपियाँ राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १३ जनाले प्रदान गरिने भएको छ ।
सो पुरस्कार सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (कास्की) र शान्ता कमली (लमजुङ) लाई प्रदान गरिने भएको छ । यसैगरी, २० हजार रूपियाँ राशिको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक÷प्रकाशक नवराज रिजाललाई प्रदान गरिने भएको छ ।
त्यस्तै, २० हजार रूपियाँ राशिको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गणेश राई (वाम्बुले राई भाषा) लाई प्रदान गरिने भएको छ । त्यस्तै, कर्मचारीतर्फ सविता ढकाल र शिवजीप्रसाद पराजुलीलाई प्रेस काउन्सिल उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही २० हजार रूपियाँको छ । गीता कठायत र शिवकुमार खड्कालाई प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!