०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा बन रक्षकले ११५ क्यूफिट काठसहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०६, २०७७

ABC Sanchar
दाङ डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ४ जौबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ४ निवासी २३ बर्षीय नवराज खत्री रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिम बहादुर केसीले जानकारी दिए ।
विनाईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भए पछि पुरन्धारा सव डिभिजन वन कार्यालयका सहायक बन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु. संयोग वस्नेत र विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलि परिचालन गरिएको थियो ।
गस्ती टोली छारा संकित स्थानको करीव ५ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं. ४ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.४० क्यू.फिट र ऐ.ऐ. वस्ने भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यू.फिट गरी जम्मा १३.३३ क्यू.फिट काठ गस्ती टोलिको निरन्तर १७ घण्टाको प्रयास पछि बरामद गरि बरामद गरिएको काठ ट्याक्टरमा लोड गराई पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।
त्यसै गरि बबई गाँउपालिका वडा नं. ४ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकिको छोरा बल बहादुर बुढाथोकिले वन क्षेत्रमा अतित्रमण गरि बनाएको छाप्रो भेटीएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१.५० क्यू.फिट बरामद गरि काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानियहरुको रोहबरमा भत्काईएको जानकारी स.व.अ. सिद्धान्त बरालले बताए ।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिए ।
अतिक्रमण गर्नेलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!