१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

रुकुमका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्रीहरु सहयोग

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

ABC Sanchar रुकुम कोरोना महामारी बेलामा पनि दिनरात नागरिकको सुरक्षामा खटिने प्रहरीलाई जि पि कोइराला अध्ययन केन्द्रको सहयोग र नेपाल विद्यार्थी संघ रुकुमको सहजिकरणमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल रुकुम पश्चिममा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
जसमा सर्जिकल मास्क १५०० थान र सेनिटाइजर ठुलो र सानो गरि २५ थान हात धुने डिटोल १२ थान प्रदान गरिएको हो । जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमका अध्यक्ष नवराज अाेली र नेपाली काग्रेस रुकुमका कोषाध्यक्ष मोहबिर खड्का नेपाल विद्यार्थी सघं रुकुम पश्चिमका सभापति लाल बहादुर अाेली लगायतका युवाहरुले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि कबिराज रोका र सशस्त्र प्रहरी बल रुकुम पश्चिमका प्रमुख डिएसपी प्रेमसिङ धामि लाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै संख्या भन्दा यसको सन्देश महत्वपूर्ण रहेको बताएका छ्न । विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौति सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह हुने जि पि कोइराला अध्ययन केन्द्रले रुकुम पश्चिमले बताएको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी सघं रुकुम पश्चिमका सचिब तिलक डाँगी नेबिस रुकुमका उपाध्यक्ष भिम बहादुर खड्का नेबिस रुकुमका युवा नेता सोभिराम केसि लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!