२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कृष्णनगर प्रहरीले ३७ किलो चरेससहित दुईजना महिला पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

प्रिन्स मिश्रा कृष्णनगर                                      कपिलवस्तु मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ आज २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ शान्ति पुनर्स्थापना गृहको चेक पोस्ट अगाडी लागू औषध ( चरेस ) बरामद गरेको छ l नेपालबाट भारत तर्फ जादै गर्दा मकवानपुर मनहरी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० कि शान्ति तामाडर जिल्ला दाङ त्रि.न .न पा ७ घर भइ हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ बानियाभर बस्ने वर्ष ३५ की बस्ती घर्तिलाई चेक जांच गर्दा ३७ किलो लागू औषध ( चरेस ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए l

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]