०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरी बाँकेले अवैध पाटपुर्जा सामानसहित मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीले दशगजा नजिकबाट अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित टंकपसेरी नजिकै दशगजाबाट नेपालतर्फ यू.पी.४० एच ३१९० नम्बरको मोटरसाइकलमा सामान लोड गरी ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल र सामान छोडेर सामान ल्याउने व्यक्ति भागेका थिए ।
सशस्त्र प्रहरी बल विओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले विहान ११ बजे गाडीका पार्टपुर्जासहित अन्य अवैध सामग्री बरामद गरेको हो ।
मोटरसाइकलसहित बरामद गरिएको सामग्रीको मूल्य एक लाख १० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!