१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

सशस्त्र प्रहरी बाँकेले अवैध पाटपुर्जा सामानसहित मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीले दशगजा नजिकबाट अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित टंकपसेरी नजिकै दशगजाबाट नेपालतर्फ यू.पी.४० एच ३१९० नम्बरको मोटरसाइकलमा सामान लोड गरी ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल र सामान छोडेर सामान ल्याउने व्यक्ति भागेका थिए ।
सशस्त्र प्रहरी बल विओपी जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी निरिक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले विहान ११ बजे गाडीका पार्टपुर्जासहित अन्य अवैध सामग्री बरामद गरेको हो ।
मोटरसाइकलसहित बरामद गरिएको सामग्रीको मूल्य एक लाख १० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!