०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

माग पुरा नभएपछी प्रहरी अस्पतालका ४२ डाक्टरद्धारा सामूहिक राजीनामा

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

ABC Sanchar काठमाडौं नेपाल प्रहरी अस्पतालका ४२ जना डाक्टरले आफ्ना समस्या समाधान नभको भन्दै सामूहिक राजीनाको घोषणा गरेका छन । अध्ययनका लागि नियमावली संशोधन गरी समयमै पास नहुँदा आफूहरुलाई समस्या परेको भन्दै डाक्टरहरुले पत्र लेख्दै सामूहिक राजीनामा बुझाएका हुन । अस्पतालका मेडिकल डाइरेक्टरलाई सम्बोधन गर्दै बुधबार लेखेको पत्रमा उनीहरुले अध्ययन अवधिमा हेरफेर गरेको संशोधन नियमावली तत्काल पास हुनुपर्ने माग गरेका छन् ।
उनीहरुले विगतको नियमावली संशोधन गरी ३ वर्षमै अध्ययन गर्न नमिल्ने व्यवस्था गरी अध्ययन अवधिमा हेरफेर गरिएको र त्यससम्वन्धी संशोधन प्रक्रिया मन्त्रिपरिषदमा पुगेर अड्केकाले आफूहरु समस्यामा परेको बताएका छन् ।
संशोधनका लागि प्रक्रिया अघि बढेको प्रस्ताव तुरुन्त पास गर्नका लागि आवश्यक पहल गरिदिन अस्पतालका मेडिकल डाइरेक्टरलाई अनुरोध गरेका छन् । सो ‘संशोधन प्रस्ताव पास नभए सेवामा रहन नसक्ने भन्दै यसै पत्रमार्फत राजीनामा दिएको’ बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!