२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सिँचाइ आयोजनाका निर्देशक ११ लाख घुससहित पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

ABC Sanchar
काठमाडौं कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरणका आयोजना निर्देशकलाई ११ लाख घुससहित पक्राउ परेका छन्।
आयोजनाका कायम मुकायम आयोजना निर्देशक प्रचण्डदेव विष्टलाई ११ रुपैयाँ लाखसहित काठमाडौं सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।
होटेल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिरासतमा लिइ छानबिन थालेको अधिकारीले बताए।
बरामद रकम उनले घुसबापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको हो। विष्टले बरामद रकमको स्रोत खुलाउन नसकेका अधिकारीले बताए। उनले आयोजनाका ठेकदारहरुसँग त्यो रकम लिएको दाबी अख्तियारले गरेको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!