२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

बत्ती आउनेजानेको समस्या तत्काल समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

ABC Sanchar
काठमाडौं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन।
मन्त्री पुनले आज साँझ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन।
मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिए।
“जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्”, मन्त्री पुनले भने, “नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं” मन्त्री पुनले भने।
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए।
“समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्” , मन्त्री पुनले भने, “जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशङ्का आफैं हटेर जान्छन्।”
उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे।
उनले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए।
मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने÷जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे।
आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मूल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए।
उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे।
मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए।
प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको उनको भनाइ थियो।
“ललितपुरको खोकना र काठमाडौंको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सञ्चालनमा ल्याएका छौ”, उनले भने, “तौलिहवामा विद्युत नियमति गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो।”
बैठकमा प्राधिकारणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षात, बाढी पहिरो, चट्याङ, रुख ढल्ने जस्ता कारणले पछिल्लो केही दिनयता प्रणालीमा समस्या आएको जानकारी गराएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारतको गुजरातमा पुल अचानक भाँचिदा केही सवारी साधनहरु नदीमा खस्यो उद्धारकार्य जारी नयाँदिल्ली । वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गरेका छन् । उनले यातायातका लागि वैकल्पिक व्यवस्था […]

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत असई राजेश के.सी. एक प्रशिक्षण कार्यक्रममा जीवनको सत्यता उजागर गर्दै भन्छन्: “मरेर लानु केही पनि छैन… पद, प्रतिष्ठा, सम्पत्ति — यी सबै त क्षणिक हुन्। स्थायी भनेको केवल तपाईंको नाम, तपाईंको कर्म, र तपाईंलाई सम्झने यादहरू मात्र हुन्।” उनी थप भन्छन्, “यो जीवन अन्ततः ढुंगा र माटोसँगै विलीन […]

मधेश प्रदेश । जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ। विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे। 👉 क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए। 👉 प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने। त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै […]

error: Content is protected !!