१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

दाङमा उद्योग तथा व्यवसाय दर्ता गर्नेको सङ्ख्या बढ्दै

Logo
प्रकाशित शुक्रबार, आश्विन ०९, २०७७

सागर थापा दाङ घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई सय ६५ उद्योग दर्ता भएका छन् ।
तीमध्ये साउनमा एक सय ६५ र भदौमा एक सय उद्योग दर्ता भएका छन् । पछिल्लो समय साना तथा घरेलु र मझौला उद्योग खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । उक्त अवधिमा कृषि तथा वनजन्य एक सय ९४, सेवामूलक ३३, उत्पादनमूलक २१ र पर्यटन १७ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा पाँच सय ९८, सेवामूलकमा ९९,उत्पादनमूलकमा एक सय एक र पर्यटनमा ४८ जनाले रोजगारी पाएको कार्यालय प्रमुख वलीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दर्ता भएका उद्योगमा कूल रु ४९ करोड ९६ लाख ८० हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका सात सय ३१ उद्योग दर्ता भएका थिए । ती उद्योगमा करिब रु एक अर्ब २० करोड ८७ लाख ४२ हजार तीन सय २७ लगानी भएको थियो । गत वर्ष दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी तीन सय ७० वटा कृषि तथा वनजन्य रहेका छन् ।
ती उद्योगमा करिब रु ५८ करोड ९३ लाख ४३ हजार दुई सय लगानी भएको थियो । त्यस्तै उक्त अवधिमा दर्ता भएका एक सय ५० सेवामूलक उद्योगमा रु २० करोड ५० लाख २२ हजार लगानी भएको थियो भने एक सय १९ उत्पादनमूलक उद्योगमा रु ३२ करोड ७३ लाख लगानी भएको थियो । ती उद्योगमा करिब तीन हजार जनाले रोजगारी पाएका थिए । प्रदेश नं ५ सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ वटा उद्योग दर्ता भएका छन् । जिल्लामा भदौ अन्तिमसम्म २४ वटा विभिन्न प्रकृतिका उद्योग निःशुल्क दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले उद्योग प्रवद्र्धनका लागि दर्ता शुल्क छुट गर्ने घोषणा गरेपछि उद्योग दर्ता गर्नेहरु बढेको कार्यालय प्रमुख वलीले बताउनुभयो । जिल्लामा निःशुल्क दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २० वटा कृषि उद्योग रहेका छन् । प्रदेश नं ५ सरकारले भदौ ११ गते प्रदेशका १२ वटै जिल्लामा वाणिज्यबाहेक अन्य उद्योगको दर्तामा छुट दिने निर्णय गरेको थियो ।
जिल्लामा अहिले रु. पाँच लाखदेखि रु. पाँच करोडसम्म पूँजी भएको उद्योग दर्ता गर्न सकिने कार्यालय प्रमुख वलीले बताउनुभयो । त्यसैगरी रु. २० लाखदेखि ५० लाखसम्म पूँजी भएको उद्योग दर्ताका लागि रु. १५ हजार र रु. ५० लाखदेखि एक करोडसम्म पूँजी भएको उद्योग दर्ताका लागि रु. २५ हजार शुल्क लाग्ने गरेकोमा अहिले निःशुल्क गरिएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

error: Content is protected !!