०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

दाङमा उद्योग तथा व्यवसाय दर्ता गर्नेको सङ्ख्या बढ्दै

Logo
प्रकाशित शुक्रबार, आश्विन ०९, २०७७

सागर थापा दाङ घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई सय ६५ उद्योग दर्ता भएका छन् ।
तीमध्ये साउनमा एक सय ६५ र भदौमा एक सय उद्योग दर्ता भएका छन् । पछिल्लो समय साना तथा घरेलु र मझौला उद्योग खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । उक्त अवधिमा कृषि तथा वनजन्य एक सय ९४, सेवामूलक ३३, उत्पादनमूलक २१ र पर्यटन १७ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा पाँच सय ९८, सेवामूलकमा ९९,उत्पादनमूलकमा एक सय एक र पर्यटनमा ४८ जनाले रोजगारी पाएको कार्यालय प्रमुख वलीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दर्ता भएका उद्योगमा कूल रु ४९ करोड ९६ लाख ८० हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका सात सय ३१ उद्योग दर्ता भएका थिए । ती उद्योगमा करिब रु एक अर्ब २० करोड ८७ लाख ४२ हजार तीन सय २७ लगानी भएको थियो । गत वर्ष दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी तीन सय ७० वटा कृषि तथा वनजन्य रहेका छन् ।
ती उद्योगमा करिब रु ५८ करोड ९३ लाख ४३ हजार दुई सय लगानी भएको थियो । त्यस्तै उक्त अवधिमा दर्ता भएका एक सय ५० सेवामूलक उद्योगमा रु २० करोड ५० लाख २२ हजार लगानी भएको थियो भने एक सय १९ उत्पादनमूलक उद्योगमा रु ३२ करोड ७३ लाख लगानी भएको थियो । ती उद्योगमा करिब तीन हजार जनाले रोजगारी पाएका थिए । प्रदेश नं ५ सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ वटा उद्योग दर्ता भएका छन् । जिल्लामा भदौ अन्तिमसम्म २४ वटा विभिन्न प्रकृतिका उद्योग निःशुल्क दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले उद्योग प्रवद्र्धनका लागि दर्ता शुल्क छुट गर्ने घोषणा गरेपछि उद्योग दर्ता गर्नेहरु बढेको कार्यालय प्रमुख वलीले बताउनुभयो । जिल्लामा निःशुल्क दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी २० वटा कृषि उद्योग रहेका छन् । प्रदेश नं ५ सरकारले भदौ ११ गते प्रदेशका १२ वटै जिल्लामा वाणिज्यबाहेक अन्य उद्योगको दर्तामा छुट दिने निर्णय गरेको थियो ।
जिल्लामा अहिले रु. पाँच लाखदेखि रु. पाँच करोडसम्म पूँजी भएको उद्योग दर्ता गर्न सकिने कार्यालय प्रमुख वलीले बताउनुभयो । त्यसैगरी रु. २० लाखदेखि ५० लाखसम्म पूँजी भएको उद्योग दर्ताका लागि रु. १५ हजार र रु. ५० लाखदेखि एक करोडसम्म पूँजी भएको उद्योग दर्ताका लागि रु. २५ हजार शुल्क लाग्ने गरेकोमा अहिले निःशुल्क गरिएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!