१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङको तुलसीपुरमा सवारी पार्किङ ब्यवस्थापन गर्दै ट्राफिक प्रहरी

Logo
प्रकाशित शुक्रबार, आश्विन ०९, २०७७

तेज वली
दाङ तुलसीपुर बजार क्षेत्रमा सवारी साधनकाे चाप पनि निकै धेरै हुने गरेकाे पाईन्छ । अझ नजिकिदै गरेकाे चाडपर्वले झनै भिडभाड बढाएकाे छ ।
यतिबेला तुलसीपुर उपमहानगरपालिका, ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुर उत्त अस्तब्यस्त भिडभाड र सवारी पार्किङ ब्यवस्थापनमा जुटेका छन ।नेपाल प्रहरी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाका कर्मचारीहरुकाे संयुत्त प्रयासमा बिहिवार जनचेतनाका लागि माईकिङ र अस्तब्यस्त रुपमा पार्किङ गरिएका सवारी साधनहरुलाई कसरी पार्किङ गर्ने भनेर प्रशिक्षण समेत दिईएकाे थियाे । प्रहरीले फुटपातमा रहेका ब्यापार ब्यवसायलाई समेत अनावश्यक भिडभाड नगरिदिन हुन अनुराेध गरेकाे छ ।
नजिकीदै गरेका चाडपर्वहरुमा दुर्घटनाकाे जाेखिमलाई मध्यनजर गर्दै तुलसीपुर बजार क्षेत्रमा जथाभाबी रुपमा पार्किङ गरिएका बाईक, अटाे लगाएतका सवारी साधनहरुलाई ठिक तरिकाले पार्किङ गराउन लगाएकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र ना नि चन्द्र केशीले जानकारी दिनुभयाे । जथाभावी रुपमा अस्तब्यस्त पार्किङले बजार क्षेत्रलाई कुरुप समेत बनाएकाे उहाँले भन्नुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!