०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिमा बारेमा बोलेको भन्दै हुम्लाको सहायक सिडियोलाई स्पष्टिकरण

Logo
प्रकाशित शुक्रबार, आश्विन ०९, २०७७

ABC Sanchar
काठमाडौं गृहमन्त्रालयले चीनसँगको सीमा विवादबारे गलत तथ्य दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा सञ्चारमाध्यममा गलत सूचना दिएको भन्दै सहायक सिडिओ दत्तराज हमाललाई स्पष्टिकरण सोधेको हो ।
प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले हमाललाई कामुको जिम्मेवारी दिएर सीमा अतिक्रमणको विषयमा थप जानकारी लिन नाम्खा गाउँपालिकास्थित सीमामा गएका छन् ।
हमाललाई २४ घण्टाभित्र स्पष्टिकरण पठाउन गृहले पत्र काटेको स्रोतले जानकारी दियो । गृहले सीमाको विषयमा परराष्ट्र मन्त्रालयले बोल्ने भन्दै सञ्चारमाध्यमलाई गलत सूचना किन दिएको ? भन्दै स्पष्टिकरण सोधेको हो ।
‘सीमा विवाद सम्बन्धी समस्या परराष्ट्र मन्त्रालय मात्रै बोल्न मिल्छ । प्रमुख जिल्ला अधिकारी निरीक्षणमा गएकाले थप पुष्टि नहुने कुरा बोल्न मिल्दैन । त्यसैले उहाँलाई २४ घण्टै स्पष्टिकरण सोधिएको हो’, स्रोतले भन्यो ।
हमालले सीमा समस्याबारे गृह र परराष्ट्रलाई रिपोर्टिङ गरिएको बताएका थिए । उनले सिडिओ गिरी फिल्डबाट फर्किएपछि थप स्पष्ट हुने बताएका थिए ।
सिडिओ गिरी नेतृत्वको सीमा निरीक्षण टोलीले ११ नम्बर पिल्लर फेला पारेको छ । हराएको भनिएको उक्त पिल्लर हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमीको माथि ताकुलेकमा भेटिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । उनले चीनले भवन बनाएको ठाउँबाट पिलर भेटिएको ठाउँसम्म पुग्न दुई दिन लाग्ने बताए ।
परराष्ट्र मन्त्रालयले हुम्लामा चीनसँग सीमा विवाद नभएको र चीनले भवन निर्माण गरेको स्थान चिनियाा भूभाग भएको बताएको छ । त्यस्तै नेपालस्थित चिनियाँ दूतावासले पनि भवन निर्माण गरेको क्षेत्र आफ्नै भएको बताएको छ । दूतावासले भवन निर्माण गरेको स्थानबारे पहिचान गर्न नेपाललाई आग्रह गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!