०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सिमा बारेमा बोलेको भन्दै हुम्लाको सहायक सिडियोलाई स्पष्टिकरण

Logo
प्रकाशित शुक्रबार, आश्विन ०९, २०७७

ABC Sanchar
काठमाडौं गृहमन्त्रालयले चीनसँगको सीमा विवादबारे गलत तथ्य दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण सोधेको छ ।
मन्त्रालयले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा सञ्चारमाध्यममा गलत सूचना दिएको भन्दै सहायक सिडिओ दत्तराज हमाललाई स्पष्टिकरण सोधेको हो ।
प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले हमाललाई कामुको जिम्मेवारी दिएर सीमा अतिक्रमणको विषयमा थप जानकारी लिन नाम्खा गाउँपालिकास्थित सीमामा गएका छन् ।
हमाललाई २४ घण्टाभित्र स्पष्टिकरण पठाउन गृहले पत्र काटेको स्रोतले जानकारी दियो । गृहले सीमाको विषयमा परराष्ट्र मन्त्रालयले बोल्ने भन्दै सञ्चारमाध्यमलाई गलत सूचना किन दिएको ? भन्दै स्पष्टिकरण सोधेको हो ।
‘सीमा विवाद सम्बन्धी समस्या परराष्ट्र मन्त्रालय मात्रै बोल्न मिल्छ । प्रमुख जिल्ला अधिकारी निरीक्षणमा गएकाले थप पुष्टि नहुने कुरा बोल्न मिल्दैन । त्यसैले उहाँलाई २४ घण्टै स्पष्टिकरण सोधिएको हो’, स्रोतले भन्यो ।
हमालले सीमा समस्याबारे गृह र परराष्ट्रलाई रिपोर्टिङ गरिएको बताएका थिए । उनले सिडिओ गिरी फिल्डबाट फर्किएपछि थप स्पष्ट हुने बताएका थिए ।
सिडिओ गिरी नेतृत्वको सीमा निरीक्षण टोलीले ११ नम्बर पिल्लर फेला पारेको छ । हराएको भनिएको उक्त पिल्लर हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ स्थित लिमीको माथि ताकुलेकमा भेटिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । उनले चीनले भवन बनाएको ठाउँबाट पिलर भेटिएको ठाउँसम्म पुग्न दुई दिन लाग्ने बताए ।
परराष्ट्र मन्त्रालयले हुम्लामा चीनसँग सीमा विवाद नभएको र चीनले भवन निर्माण गरेको स्थान चिनियाा भूभाग भएको बताएको छ । त्यस्तै नेपालस्थित चिनियाँ दूतावासले पनि भवन निर्माण गरेको क्षेत्र आफ्नै भएको बताएको छ । दूतावासले भवन निर्माण गरेको स्थानबारे पहिचान गर्न नेपाललाई आग्रह गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!