१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

तुल्सीपुर ट्राफिकले जताभाबी फुटफाटमा व्यापारी नगर्न अपिल गर्दै

Logo
प्रकाशित आइतबार, आश्विन ११, २०७७

तेज वली
दाङ तुलसीपुर शुक्रवारको माइकिङमा प्रहरीले प्राय सवै तुलसीपुर बजारबासीलाइ अनुरोध गरीसकेको छ । तुलसीपुरको क लाइनको सडक व्यवस्थापनलाइ विशेष ध्यानदिएपनि प्रहरीले तुलसीपुर उपमहानगरपालिकाका हात्तिखौवादेखि बसपार्क क्षेत्र र सल्यान रोडदेखि गुम्राहचौक सम्म तथा अन्य सहायक लाइनहरुमा पनि माइकिङगरेर जानकारी गराइसकेको छ ।
‘सवैलाइ जानकारी गराइसकेका छौं, कि तपाइहरुले फुटपाथमा व्यापार नगरीदिनुहोला, अव्यवस्थीत पार्किङ नगरीदिनुहोला, ठेला व्यापारले पनि सडक अवरोध हुने अवस्था नहोस्, अव यसलाइ अवाज्ञा गरेमा आइतवारदेखि यसरी गरीएका व्यापार र गरिएका अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने छौं’—इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव वहादुर सिंहले भनेका छन् । स्थानिय सरकारसंगको समन्वय र सहकार्य तथा इलाका ट्राफिक प्रहरी तुलसीपुरसंगको सहयोगमा प्रहरीले यो अभियान थालेको हो । अटेरगरी पार्किङ गरिएका सवारीसाधनहरुको ह्वील लक समेत गर्न सकिने प्रहरीले जनाएको छ ।
सांघुरो सडक र बढ्दो ट्राफिक चांपसंगै पछिल्लो समय तुलसीपुर अक्रान्त छ । त्यसमा पनि अव्यवस्थीत ठेला व्यापार र फुटपाथनै नरहनेगरी गरीने व्यापारले पैदलयात्रुलाइ पनि सवारी गुड्ने सडकबाटै हिंड्न बाध्य बनाएको छ । जसका कारण दुर्घटनाको जोखिम समेत बढिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिस्पी सिंहले बताए । अव्यवस्थीत फुटपाथ गरेर अटेरगरे ती सामानहरु टेक्टरमै राखेर प्रहरीले नियन्त्रणमा लिन सक्ने पनि उनको अभिव्यक्ति थियो । पार्किङको समस्या आफुले पनि बुझेको बताउंदै उनले कम्तिमा पनि सोझोगरी मिलाएर राख्न भन्दा पनि सवारीधनीले अटेर गर्दै मनोमानी रुपमा पार्किङ गरीरहेको प्रहरीको ठम्याइ छ । त्यसैले त्यसरी अटेरगरी पार्किङ गरेका सवारीसाधनलाइ पनि प्रहरीले नियन्त्रणमा लिएर नियम वमोजिम कारवाहि गर्ने इलाका प्रहरी प्रमुख सिंहले बताए । ‘नियम जानीजानी पनि अटेरगरी जसले सडकमा सवारी पार्किङ गरेको छ, उ ट्राफिक कारवाहिबाट उम्कन सक्ने छैन’—ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज चन्द्र केसीले बताएका छन् । ट्राफिक समस्या एकातिर रहेको भएपनि विकल्प हुंदाहुंदै पनि नियम मिचेर पार्किङ गर्ने प्रबृत्ति रहेको बताउंदै उनले अव प्रहरी यस्ता चरीत्रका विरुद्ध एक्शनमै जाने पनि बताए ।
लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोलसुरक्षाको अभियानपछि पछिल्लो समयमा तुलसीपुर इलाका प्रहरी कार्यालय बजार व्यवस्थापनको अभियानमा लागेको हो । चाडपर्व नजिकिएसंगै बजारमा हुने भिडभाडलाइ व्यवस्थापन गर्नु मुख्य दायित्व रहेकाले यो अभियानमा लागिएको प्रहरी प्रमुखको भनाइ थियो । व्यवसायीक सुरक्षाकालागी बजारका मुख्यमुख्य क्षेत्रमा सिसि क्यामेरा जडान भैसकेको बताउंदै प्रहरीले सडकै अवरोधहुनेगरी हुने ठेला व्यापार पनि व्यवस्थीत गर्ने अभियानमा छ । ठेला व्यापारलाइ व्यवस्थापन गर्न स्थानिय पालिकासंग पनि समन्वय भैरहेको पनि उनले बताएका छन् ।
पर्व नजिकिएसंगै कोरोना भाइरसको संक्रमणको जोखिम पनि उच्च रहेकाले उच्च सतर्कता अपनाएर व्यापार व्यवसाय सन्चालन गर्न पनि प्रहरीले व्यवसायी तथा बैंक र वित्तिय संस्थाहरुलाइ आग्रह गरेको छ । व्यवसायीहरुलाइ अनिवार्य रुपमा मास्क लगाउन तथा सामाजिक दुरी कायम गरेर व्यापार व्यवसाय सन्चालन गर्न पनि सुरक्षा निकायले अनुरोध गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!