०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुलसीपुरमा जताभाबी पर्किङ गर्ने सवारी माथि धमाधम कार्वाही

Logo
प्रकाशित आइतबार, आश्विन ११, २०७७

सागर थापा दाङ तुल्सीपुरमा जताभाबी रुपमा पार्किङ गर्ने दुईवटा कार र १९ मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । तुल्सीपुर प्रहरीले पाँच दिनसम्म लगातार माइकिङ् गरेको छ । अटेरी गरेपछि सवारीसाधन नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले बताए । नियन्त्रणमा लिएकाहरुलाई एक हजार रुपैँया जरिवाना गरेर छाड्ने छ ।
जताभाबी रुपमा सवारी पार्किङ गर्दा सवारी दुर्घटना बढेको भन्दै यो अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए पटक पटकको अनुरोधलाई बेवास्ता गरेको भन्दै आइतवारदेखि तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको एक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको छ । लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोल सुरक्षाको अभियानपछि पछिल्लो समयमा दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालयका डिएसपी सिंह आएदेखि बजार व्यवस्थापनको अभियानमा निरन्तर लागेका छन ।
प्रदेश ५ नम्बर प्रहरी कार्यालयले तुलसीपुर प्रहरीलाई सचेतना बोर्ड बितरण गरेको छ । यस अघि प्रहरीले सडक मिचेर पार्किङ् गर्ने मोटरसाईकलका हेल्मेट समेत जफत गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुर तथा प्रदेश नं. ५ प्रहरी कार्यालयको सहकार्यमा अभियानलाई अघि बढाईएको छ । दाङको तुलसीपुरमा पार्किङ नहुँदा भने समस्या हुने गरेको तुल्सीपुरका डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!