१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

तुलसीपुरमा जताभाबी पर्किङ गर्ने सवारी माथि धमाधम कार्वाही

Logo
प्रकाशित आइतबार, आश्विन ११, २०७७

सागर थापा दाङ तुल्सीपुरमा जताभाबी रुपमा पार्किङ गर्ने दुईवटा कार र १९ मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । तुल्सीपुर प्रहरीले पाँच दिनसम्म लगातार माइकिङ् गरेको छ । अटेरी गरेपछि सवारीसाधन नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले बताए । नियन्त्रणमा लिएकाहरुलाई एक हजार रुपैँया जरिवाना गरेर छाड्ने छ ।
जताभाबी रुपमा सवारी पार्किङ गर्दा सवारी दुर्घटना बढेको भन्दै यो अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए पटक पटकको अनुरोधलाई बेवास्ता गरेको भन्दै आइतवारदेखि तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको एक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको छ । लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दि नियन्त्रण, यौनजन्य अपराध तथा टोल सुरक्षाको अभियानपछि पछिल्लो समयमा दाङ तुलसीपुर ईलाका प्रहरी कार्यालयका डिएसपी सिंह आएदेखि बजार व्यवस्थापनको अभियानमा निरन्तर लागेका छन ।
प्रदेश ५ नम्बर प्रहरी कार्यालयले तुलसीपुर प्रहरीलाई सचेतना बोर्ड बितरण गरेको छ । यस अघि प्रहरीले सडक मिचेर पार्किङ् गर्ने मोटरसाईकलका हेल्मेट समेत जफत गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुर तथा प्रदेश नं. ५ प्रहरी कार्यालयको सहकार्यमा अभियानलाई अघि बढाईएको छ । दाङको तुलसीपुरमा पार्किङ नहुँदा भने समस्या हुने गरेको तुल्सीपुरका डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!