०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

काठमाडौंको मुख्य ठाँउमा ३ बजेदेखि लोडसेडिङ हुने

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

ABC Sanchar
काठमाडौं नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि अघोषित रुपमा लोडसेडिङ हुन थालेको आशंका व्यक्त भइरहेको बेला आइतबार काठमाडौंमा मुख्य क्षेत्रमा विद्युत आपूर्ति रोकिएको छ ।
तर विद्युत आपूर्ति लोडसेडिङको रुपमा नभइ नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति रोकिएको हो ।
नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपुर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको जनाएको छ ।
समस्या सुल्झाउन प्राधिकरणले मर्मत टोली खटाएको छ । दिउँसो ३ बजेदेखि अवरूद्ध विद्युत आपुर्ति सुचारू हुन अझै केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!