०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

इन्सपेक्टर हुँ भन्दै होटलमा मदिरा सेवन गरेको बिल नतिर्ने व्यक्ति पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १२, २०७७

ABC Sanchar
झापा नेपाल प्रहरीको इन्सपेक्टर हुँ भन्दै स्थानीय रेस्टुरेन्टमा खाजा तथा पेय (मादक) पदार्थ सेवन गरेको पैसा नतिरी हिँड्ने गरेका एक व्यक्तिलाई झापाको दमक प्रहरीले पक्राउ गरेको छ । झापाको कम गाउँपालिका अन्तर्गतका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाजा खाने, तर पैसा तिर्ने बेला ‘म प्रहरी चौकीको इन्सपेक्टर हुँ, भोलि हिसाव मिलाउँला’ भन्दै हिँड्ने गरेका व्यक्तिलाई स्थानीयको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको दमक घर भएका ५८ वर्षीय ईन्द्र प्रसाद थापा रहेका इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]