०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अनुगमनको क्रममा बरामद गरेको प्याजको मूल्य प्रति केजी ६० रुपैयाँ बजारमा

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

ABC Sanchar
काठमाडौं बजार अनुगमनका क्रममा बरामद गरिएको प्याज बिक्री गरिएको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको थापाथलीस्थित कार्यालयबाट प्याज बिक्री गरिरहेको छ ।
कम्पनीले प्रतिकिलो ६० रुपैयाँको दरले बरामद गरिएको प्याज बिक्री गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । कम्पनीले बरामद गरिएको सबै १४६ क्विन्टल प्याज बिक्री गर्ने उनले बताए ।
वाणिज्य विभागले बजार अनुगमनका क्रममा महँगोमा प्याज बेच्दै गरेको पाएपछि बरामद गरेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै बजारमा प्याजको भाउ बढाइएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नै ग्राहक बनेर प्याज खरिद गर्दा जथाभावी रुपमा मूल्य कायम गरिएपछि त्यस्ता व्यापारीबाट जफत गरिएको थियो। त्यही जफत गरिएको प्याज कम्पनीले बिक्री गरिरहेको हो ।
कम्पनीले प्रतिकिलो ६० रुपैयाँका दरले एक जनालाई तीन किलो प्याज बिक्री गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!