०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रदेश नम्बर ५ को १२ वटै जिल्लामा एउटै मापदण्डको चेकिङ व्यरिकेट राखियो

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

तेज वली                                                                  ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक र प्रहरीले आकस्मिक र नियमित चेकजाँचलाई थप व्यवस्थित गर्न एउटै मापदण्ड र एउटै साईजका व्यरिकेटहरु सबै जिल्लाहरुमा लागु गरिएको जानकारी गराएको छ ।
कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले प्रहरीले चेकजाँचका क्रममा नागरिकहरुलाई सास्ति नहोस् भन्ने उद्देश्यले एउटै किसिमको व्यरिकेट सडकमा राखिएको बताए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि शिब बहादुर सिंह, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत, मजदुर नेता एवंम व्यवसायी केशब भण्डारी लगायतले चाडपर्व नजिकिए संगै सडकमा हुने चापलाई व्यवस्थित गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।
यस्तै तुलसीपुर प्रहरीले केहि दिन यता फुटपाथमा जथाभावी पार्किङ गरि राखिएका मोटरसाईकल र साना गाडीहरुलाई जरिमाना गर्न सुरु गरेको छ । सोमबार पनि कार्वाही प्रकृयालाई निरन्तरता दिएकोे ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए ।
सोमबारमात्रै २४ वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने थप २४ वटालाई अनद स्पट कार्वाही गरिएको बताइएको छ । त्यस्तै ट्राफिक नियम उल्लघन गरेको भन्दै दुईवटा गाडीमा ह्वील लक लगाईएको छ । यो अभियान एकहप्ता सम्म संचालन हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!