१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

करोडौंको कारोबार हुने सुनसान रुपैडिया बजार नेपालगन्ज बजारमा चहलपहल सुरु

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

महेन्द्र सिंह
बाँके ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ । त्यति मात्र होइन धेरैले घरमै तरकारी उतपादन समेत गर्न थाले ।
नेपाली उपभोक्ताको भरमा ६ महिनाअघिसम्म दैनिक पाँच करोडसम्म व्यापार हुन्थ्यो रुपैडियामा । तर कोरोनाका कारण जारी लकडाउन र सीमामा कडाइ गरिँदा वारिबाट नेपाली पारि जान छाडेपछि व्यापार शुन्य भएको व्यवसायीले बताएका छन् ।
रुपैडिया व्यापार मण्डलका अध्यक्ष विजय मित्तलले नेपाली ग्राहकका कारण दैनिक चार देखि पाँच करोडसम्मको व्यापार व्यवसाय हुँदै आएको रुपैडियामा अहिले दैनिक एक लाखको पनि व्यापार हुन नसकेको बताउनुभयो ।
उहाँले ६ महिनादेखि सीमाना बन्द रहेकोले व्यापार शुन्य भएपछि भाडा समेत तिर्न नसक्दा रुपैडियाका आधाजति व्यवसायीले पसल खाली गरेर त्यहाँबाट नानपारा, बाबागञ्ज र बहराइच गइसकेको बताउनुभयो ।
विगतमा यति बेला दशका लागि किनमेल गर्ने नेपाली उपभोक्ताले गर्दा रुपैडियामा अत्याधिक भीडभाड हुन्थ्यो तर अहिले सीमाना बन्द रहेका कारण बजार सुनसान रहेको र अधिकांश पसल बन्द रहेको बताउनुभयो ।
दैनिक सयौंको संख्यामा नेपाली उपभोक्ताहरु सामान खरिद गर्न आउने गरेकोेले एक मिनट पनि फुर्सद नहुने गरेकोमा अहिले पसल खोलेर बस्दा दिनमा मुश्किलले २० जना स्थानीय उपभोक्ता पनि नआउने गरेको रुपैडियाका व्यवसायी ओमकार वैश्यले बताउनुभयो ।
उहाँले व्यापार शुन्य भएपछि रुपैडियाका अधिकांश व्यवसायीको करोडौं लगानी डुबेर व्यापारी पलायन भइसकेको बताउनुभयो । सोही कारणले पटक पटक व्यापारीले सीमाना खोल्न माग गर्दै आएको पनि वैश्यको भनाई छ ।
नेपालगञ्जको व्यापार चम्कियो, आत्मनिर्भरता बढ्यो
सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि सीमापारी किनमेल गर्न जानेहरु उता जान नपाउँदा नेपालगञ्जको व्यापार चम्किएको अधिकांश स्थानीय व्यवसायीको भनाई छ ।
सीमापारीको व्यापार पुर्ण रुपमा बन्द भएपछि अहिले नेपालगञ्जमा स्थानीयको मागलाई पूरा गर्न नसकिएको व्यवसायीले बताएका छन् ।
नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले सीमापारीको किनमेल बन्द भएका कारण अहिले नेपालगञ्जको व्यापार ह्वात्तै बढेको तथा आवश्यक सामाग्रीको माग पूरा गर्न नसकिएको बताउनुभयो ।
उहाँले ६ महिना पहिलेसम्म ग्राहक कुरेर बस्नु परेकोमा अहिले अधिकांश किराना तथा खाद्य व्यवसायीलाई दिनभर फुर्सत नहुने गरेको बताउनुभयो ।
संघका उपाध्यक्ष प्रमोद अग्रवालले अब सधैंका लागि उताबाट व्यक्तिगत किनमेल गर्न नपाउने व्यवस्था गर्नु पर्ने बताउनुभयो । यसैविच नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सीमापारीको किनमेल बन्द भएपछि बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा बजारको व्यापार बढेको जनाएको छ ।
संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले नेपाली उपभोक्ताले सीमापारी गएर गर्दै आएको खरिदारी बन्द भएपछि नेपालगञ्जलगायत जिल्लाका सहरी क्षेत्रको व्यापार धेरै बढेको बताउनुभयो ।
उहाँले अब सधैंका लागि यही व्यवस्था गर्नुपर्ने तथा सीमापारीबाट किनमेल गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम बनाउनु पर्ने माग गर्नुभयो ।
सीमाना बन्द भएका कारण अधिकांश नेपालीहरुले घरघरमा तरकारी उत्पादन थालेको र स्वदेशमै बनेका वस्तुहरुको प्रयोगमा पनि बृद्धि भएकोले आत्मनिर्भरता समेत बढेको संघले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!