०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे चेकजाँचमा कडा

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

ABC Sanchar
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ ।
उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको अनुगमन तथा कारवाहीमा तिब्रता दिएको बताए ।
‘उपत्यकाका सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट जारी निषेधाज्ञा तथा जोर–विजोर सेवा हटिइसकेको अवस्था छैन, उनले भने– नियमित कारवाही अन्तरगत अनुगमन कार्यलाई थप कडा पारेको हो । उपत्यकाको मुख्य सडकचोकहरूमा ट्राफिक प्रहरीको जनशक्ति पनि बढाइएको छ ।
जोर– बिजोर प्रणालीको पालना नगर्ने सवारी साधनहरूलाई साँझ ८ वजेसम्मलाई सडकमै ‘होल्ड’मा राखिने जानकारी उनले दिए । होल्ड गरिएका सवारी साधनहरूमा दुई पाङ्ग्रे सवारी मोटरसाइकलहरू धेरै छन् ।
त्यस्तैं, कार र ट्याक्सी पनि कारवाहीमा परेका छन् । दिउँसो दुईवजेसम्म एकहजार सवारी कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी महाशाखाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले जोर– विजोर यातायात सेवा सञ्चालन गर्न सर्वसाधारणमा आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन र सर्वसाधारणको भीड बढ्दै गएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!