०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कपिलवस्तुमा साढे सात किलो अफिम सहित दुई जना नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

प्रिन्स मिश्रा, कपिलवस्तु                                              कृष्णनगर १४ असोज
मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो राती १० बजेको समयमा बिषेश सुराकीको आधारमा चेक जांचमा खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका वडा नं २ स्तिथ बुद्धा आयल ट्रेडर्स नजिकै लागू औषध ( अफिम ) बरामद गरेको छ l
कृष्णनगर तर्फ हाकी लिई आउदै गरेको लु १ ह १५७ नं को टेम्पो रोकी चेक जाँच गर्ने क्रमामा सोही टेम्पोमा सवार रहेकी जिल्ला रोल्पा कुलेरी गाउँपालिका वडा नं १ कुलेरीकी वर्ष ४९ की सीता रोकालाई चेक जांच गर्दा प्लास्टिकमा बेरेर लुकाई छिपाई राखेको ७ किलो ५०० ग्राम ( साढे सात किलो) लागू औषध ( अफिम ) बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!