२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ ट्राफिक प्रमुखमा जिसी पहिलो प्राथमिकता दुर्घटना न्यूनीकरणमा

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

सागर थापा                                                         दाङमा भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् । ५ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ आउनु भएका ट्राफिक प्रमुख जिसीले सडक दुर्घटना न्यूनीकरणमा पहिलो ध्यान दिने बताएका छन ।
यसआर्थिक बर्षको दुई महिनामा दाङमा भएका २९ वटा सवारी दुर्घट्नामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८४ जना घाइते भएका छन् । यो संख्या धेरै रहेको भन्दै उनले यसलाई न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाईमा गर्ने बताएका हुन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख जिसीले ‘सचेतनामुलक कार्यक्रम गर्दापनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए । त्यसैगरी बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । ‘घोराही बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगर प्रमुखसँग छलफल भएको उहाँले सडक निर्माण भैरहेकाले राख्न समस्या हुने बताउनुभएको छ’ हामीले निर्माणधिन सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेका छौ ।’ सहरीक्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने छ । कार्यक्रममा सहभागी पत्रकारहरुले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीरकणमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रवक्ता उत्तम जिसीले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!