२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङ ट्राफिक प्रमुखमा जिसी पहिलो प्राथमिकता दुर्घटना न्यूनीकरणमा

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

सागर थापा                                                         दाङमा भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् । ५ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ आउनु भएका ट्राफिक प्रमुख जिसीले सडक दुर्घटना न्यूनीकरणमा पहिलो ध्यान दिने बताएका छन ।
यसआर्थिक बर्षको दुई महिनामा दाङमा भएका २९ वटा सवारी दुर्घट्नामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८४ जना घाइते भएका छन् । यो संख्या धेरै रहेको भन्दै उनले यसलाई न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाईमा गर्ने बताएका हुन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख जिसीले ‘सचेतनामुलक कार्यक्रम गर्दापनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए । त्यसैगरी बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । ‘घोराही बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगर प्रमुखसँग छलफल भएको उहाँले सडक निर्माण भैरहेकाले राख्न समस्या हुने बताउनुभएको छ’ हामीले निर्माणधिन सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेका छौ ।’ सहरीक्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने छ । कार्यक्रममा सहभागी पत्रकारहरुले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीरकणमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रवक्ता उत्तम जिसीले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]