०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

युवा समाजसेवी दिवाकरद्धारा जन्म दिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न वितरण

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

सागर थापा दाङ                                                तुल्सिपुर निवासि युवा समाज सेवी बहादुर गाेर्खाली ट्रेनिंग एण्ड सेक्युरिटी सर्भिसेज प्रा.लि.का संचालक अध्यक्ष एवं मन्जुश्री अशहाय संरक्षण केन्द्रकाे सल्लाहकार दिवाकर बिक्रम बागचन्द विभिन्न संघ संस्थामा आवद्ध भई हाल उत्तर अमेरिका स्थित (क्यानडा) मा रहनु भएका बागचन्दको जन्म दिनको उपलक्ष्यमा दिवंगत बुवा-आमाको सम्झनामा एवं आफ्नो जन्म दिनको अवसरमा जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेको बृद्धा आश्रमको बृद्धा बृद्धाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । दिवाकरले दाङ घोराहीको तेरौटेस्थि बृद्धाश्रममा रहेका जेष्ठ नागरीकहरुलाई खाद्यान्न लगाएत विभिन्न चाहिने समानहरु वितरण गर्नुभएको छ । दाङ लगाएत विभिन्न जिल्लाहरुमा आपत बिपतमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएका समाजसेबी दिवाकर दर्जनौ संघ सस्थाहरुमा आबद्ध हुनुहुन्छ । हाल दिवाकर अमेरिकाको क्यानडामा ग्रीनकार्ड पाएर त्यहाको नागरिक समेत हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!