२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

नक्कली इन्सपेक्टर बनेर फर्जी परीक्षा चलाउने राय पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

ABC Sanchar
पर्सा प्रहरी नायब निरीक्षक सई इन्चार्ज हुने प्रहरी चौकीमा उनले ‘स्यालुट’ पनि खान्थे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् प्रहरीकै सईहरुले समेत उनी नक्कली इन्सपेक्टर हुन् भन्ने चाल पाएनछन् ।
वीरगन्ज प्रहरी निरीक्षक इन्सपेक्टरको बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार मध्यान्ह छापा मारी इन्सपेक्टरको बर्दी लगाएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय अजयकुमार रायलाई नियन्त्रणमा लिएको डीएसपी मनोजित कुँवरले जनाए ।
‘पार्टी प्यालेसमा प्रहरी पुग्दा रायले बर्दी लगाएर परीक्षा सञ्चालन गरिरहेका थिए,’ पर्सा प्रहरीका प्रवक्ता समेत रहेका डीएसपी कुँवरले भने, ‘प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धानको सहायक सूचक र खरिदार पदका लागि २१ जनाले परीक्षा दिइरहेका थिए । पर्सा बारा र सर्लाहीका परीक्षार्थीसँग रायले फर्म र परीक्षाका लागि भन्दै कूल तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान खरिदारको प्रवेश पत्र एक थान र २६ थान प्रश्नपत्र सहित इन्सपेक्टरको पोसाकमा रायलाई पक्राउ गरिएको डीएसपी कुँवरले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]