०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नगरको सुरक्षा मेरो पहिलो प्राथमिता वडा प्रहरी नेपालगन्जका निरीक्षक खड्का

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

महेन्द्र सिंह
बाँके वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राय सुझाव लिनेक्रममा वडा प्रहरी नेपालगन्जको इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक खड्काले शुक्रबार नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका खड्काले सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता समेत गरेका छन् । बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग नगरको सुरक्षा अवस्थाबारे राय सुझाव लिदैछु, प्रहरी निरीक्षक खड्काले भने, सबैका राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडी बढ्नेछौं । उनले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नेपालगञ्जको ट्राफिक ब्यवस्थापन गरिने बताए । यसैगरी लागु औषध, मदिराजन्य र यौनजन्य विकृती नियन्त्रण गरिने बताए । नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक केन्द्रीय कार्यक्रम पनि संचालन गरिने डांगीले बताए । सामुदायिक कार्यक्रम अन्तर्गत सामाजिक सद्भाव तथा भातृत्व विकासका कार्यक्रम अघि बढाइने उनले बताए । सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!