२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नगरको सुरक्षा मेरो पहिलो प्राथमिता वडा प्रहरी नेपालगन्जका निरीक्षक खड्का

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

महेन्द्र सिंह
बाँके वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राय सुझाव लिनेक्रममा वडा प्रहरी नेपालगन्जको इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक खड्काले शुक्रबार नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका खड्काले सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता समेत गरेका छन् । बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग नगरको सुरक्षा अवस्थाबारे राय सुझाव लिदैछु, प्रहरी निरीक्षक खड्काले भने, सबैका राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडी बढ्नेछौं । उनले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नेपालगञ्जको ट्राफिक ब्यवस्थापन गरिने बताए । यसैगरी लागु औषध, मदिराजन्य र यौनजन्य विकृती नियन्त्रण गरिने बताए । नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक केन्द्रीय कार्यक्रम पनि संचालन गरिने डांगीले बताए । सामुदायिक कार्यक्रम अन्तर्गत सामाजिक सद्भाव तथा भातृत्व विकासका कार्यक्रम अघि बढाइने उनले बताए । सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]