१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

कृषि सहकारीको नाममा भारतीय खसीबोका नेपाल भित्रीए प्रहरी कागजमै सिमित

Logo
प्रकाशित शनिबार, आश्विन १७, २०७७

बिदुर एमसी
बाँके लकडाउनमा हाेस् या सामान्य अवस्थामा देशको एउटा ठाउँमा तयार गरिएका खसीबाेकाहरु काठमाडौं पाेखरा लगायतका शहर बजार र अन्य ठाउँमा लगिन्छन् । याे कुनै अनौठो कुरा होइन ।
अनौठो त यो कुरामा छ, कुनै कृषि सहकारीको कागजात देखाएर प्रहरी प्रशासनलाई समेत गुमराहमा पारेर खसी व्यापारीले लक डाउनजस्तो विषम परिस्थितिमा सिमापारी भारतबाट खसीबाेकाहरु राजधानी काठमाडौं लग्ने गरिएको खुल्न आएको छ ।
खसी तस्करीले यसरी अवैध रुपले भारतीय खसीबाेकाहरु राजधानी काठमाडौं पुर्याउने गरेको बाँके नरैनापुर बैजापुर अगैयाका केही खसी व्यापारी र स्थानीयबासीहरु बताउँछन् ।
नेपाली खसीबोकाहरु लकडाउनले गर्दा यत्तिकै थन्किएको बर्तमान परिप्रेक्ष्यमा एउटा व्यापारीले स्थानीय कुनै एक कृषि सहकारीको नामबाट कागजात बनाई भारतीय खसीबाेकाहरु काठमाडौं धमाधम लगेर बेच्नु अत्यन्तै दुखद कुरा भएको गाउँका खसी ब्यापारीहरुको गुनासो छ। यता जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गसंग जिज्ञासा राख्दा उनलेे यस्तो गलत कार्य गर्ने जाे काेहीलाई पनि कानून अनुसारको कारवाही गर्न नेपाल प्रहरी सशस्त्र प्रहरीलाई कडा निर्देशन दिइएको कृषि सहकारीको नामबाट जतिपनि खसीबोका ढुवानी हुन्छ सबै बन्द गरिएको र प्रहरीले भेटाएमा जहाँबाट ल्याएको हो त्यहाँ फर्काउन बाँके प्रहरीलाई निर्देशन दिएको बाँके जिल्ला सिडियो कुरुम्बाङ्गले बताएका छन् । बाँके जिल्लाका भारतसंग सिमाना जाेडिएका बैजापुर नरैनापुर कुसुम र ढकेरीजस्ता ठाउँहरुबाट यसरी खसीबाेकाहरु ल्याउने गरेको स्थानीय किसानहरुले बताएका छन् । यस विषयमा इलाका प्रहरी कार्यालय काेहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले प्रत्येक चेकपाेष्टमा पशु क्वारेन्टाइनकाे कर्मचारी भएमा ड्युटीमा रहेका प्रहरी कर्मचारी र क्वारेन्टाइन कर्मचारी एकसाथ मिलेर काम गर्न सहज हुने र यस्ता तस्करहरुले मौका पाउन नसक्ने कुरा व्यक्त गरे । हामीले ड्युटीमा हेर्ने भनेको क्वारेन्टाइन गरेको कागज, सिफारिस दिने निकायले दिएको कागज, स्थानीय निकायले दिने कागज र अनलाइन बिल आदि हो । यिनै कागजात हेरेरमात्र गाडीलाई जान दिने गरेको कुसुम, बैजापुर र ढकेरीका प्रहरीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

error: Content is protected !!