१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

कपिलवस्तु एसपी अधिकारीको ठुलो सफलता आधा केजी सुनसहित दुईजना पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन १७, २०७७

सिमा गुरुङ
रुपन्देही भारततर्फ लैजाँदै गरेको आधा केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु प्रहरीले मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको हो ।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरि बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको छ । बरामद गरिएको सुनको मूल्य करिब ४० लाख ५१ हजार रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई सुनसहित दुवैलाई जिम्मा लगाइएको कपिलवस्तु जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

error: Content is protected !!