०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको कोइलाबाँसबाट भारतीय अबैध खसी सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन १७, २०७७

बिदुर एमसी दाङ                                                राजस्व छलेर नेपाल ल्याउदै गरेको खसी सहित एक मिनि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रा १ ख १३१५ नम्बरको मिनि ट्रकमा ६२ वटा खसी कोइलाबास भन्सारबाट दाङ तर्फ ल्याउदै गरेको भन्ने सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई भालुवाङको संयुक्त टोलीले शुक्रबार राती कोइलाबास नजिकैबाट नियन्त्रणमा लिएको हो। खसी कस्ले कसरी ल्यायो भन्ने बारे कुनै जानकारी छैन, सशस्त्र प्रहरीको गस्ती टोलिलाई देखे पछि केही मानिसहरु भागेका थिए । झण्डै ७ लाख बराबरका खसीबोका रहेको छ्न ।
बिचौलियाको साहारामा चोर बाटो हुँदै भारतबाट नेपाली भुमीमा ल्याउने र नेपाली गाडी प्रयोग गरेर नेपालका विभिन्न बजार सम्म पुर्याउने उदेश्य देखिन्छ एसपी खनालले भने ।
रा १ ख १३१५ नम्बरको मिनि ट्रक सहित पक्राउ परेका ६२ वटा खसीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर भालुवाङका सशस्त्र प्रमुख एसपी टोप बहादुर खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!