०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङबाट १८ जना जुवाडे पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन १८, २०७७

तेज वली दाङ                                                      राप्ती र बबई गाउँपालिकामा अबैध रुपमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ५ लाख २२ हजार एक सय १५ रुपैँया बरामद गरिएको छ ।
शुक्रबार राति साढे १० बजेतिर राप्ती गाउँपालिका वडा नं. ५ सिसहनिया स्थित दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेको अबस्थामा दुई लाख ६० हजार १२५ रुपैंया र चार गड्डी खोलेको तास तथा ४२ गड्डी नखोलेको तास सहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका ७ बस्ने ३७ वर्षीय दिपेन्द्र बिक्रम शाह, राप्ती ५ बस्ने २९ वर्षीय मोहन गाहामगर, वडा नं. ७ बस्ने २८ वर्षीय नारायण रोकामगर, वडा नं. ८ बस्ने ३० वर्षीय श्याम गुरुङ, वडा नं. ४ बस्ने २८ वर्षीय बसन्त बेल्वासे, वडा नं. ४ बस्ने ३० बर्षीय लक्ष्मण गिरी, वडा नं. ५ बस्ने ३० वर्षीय छोटेलाल चौधरी, वडा नं. ८ बस्ने ४५ वर्षीय बेलसिंह भैयामगर, वडा नं. २ बस्ने ३८ वर्षीय युवराज बुढा र रोल्पा सुनिलस्मृती गाउँपालिका ७ का २८ वर्षीय नारायण रोका मगर रहेका छन् ।
त्यस्तै शुक्रबार नै बबई गाउँपालिका ३ धनुवास स्थित केशव भन्ने केश कुमार विकको घरमा जुवातास खेलिरहेको अवस्थामा दुईलाख ६१ हजार ९ सय ९० रुपैयाँ र एक गड्डी ताससहित आठ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बबई गाउँपालिका ३ धनुवास बस्ने ३७ वर्षीय केशकुमार विक, सोही ठाउँ बस्ने ४३ वर्षीय लोक बहादुर खड्का, ४९ वर्षीय पर्साराम बिक, २४ वर्षीय शेर बहादुर विक, २४ बर्षीय प्रेम पुन, वडा नं. ४ सुन्दरखाल बस्ने ३२ बर्षीय बिमल भन्ने बिन बहादुर घर्ती, सोही ठाउँ बस्ने २९ वर्षीय विक्की नेपाली र २९ वर्षीय भीम बहादुर भन्ने भाईलाल नेपालीलाई पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!