०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

दाङमा एक युवकमाथि खुकुरी प्रहार खड्का घम्भिर घाइते

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

एबिसी क्राईम ब्युरो
दाङकाे तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार भएकाे छ । आईतबार बेलुका ७ बजेकाे समयमा तुलसीपुर उपमहानगरपालिका ६ यातायात ब्यवस्था कार्यालय पछाडि भिआईपी टाेल स्थित एक १८ बर्षिय युवक माथि खुकुरी प्रहार भएकाे हाे ।
खुकुरी प्रहारबाट जिल्ला सल्यान बगचाैर नगरपालिका ७ टाटके घर भई हाल तुलसीपुर उपमहानगरपालिका ५ बिजय फर्निचर उद्याेगमा काम गर्ने १८ बर्षिय दण्डबिर खड्का रहेकाे प्रहरीले जनाएकाे छ। निजलाई राेकिरहेकाे अवस्थामा पछाडिबाट माेटरसाईकलमा आएका ब्यत्तिहरुले खुकुरी प्रहार गरी फरार भएका थिए । घाइते खड्काकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार पश्चात थप उपचारको लागि काेहलपुर रेफर गरिएकाे र घटनामा संङ्ल्गन रहेका ब्यत्तिहरु फरार रहेकाेले उनीहरुकाे खाेजी कार्य तिब्र पारिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!