१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

पाटे बाघको छाला सहित ४ जना व्यक्तिहरु पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

एबिसी संचार काठमाडौं जिल्ला स्वयम्भू एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित पाटे बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको अधारमा आज मिति २०७७/०६/१८ गते अं. १०:३० बजेको समयमा काठमाडौं जिल्ला का.म.न.पा. वड नं. १५ स्वयम्भू स्थित होटल प्लाजाको कोठा नं. २०८ मा अं. ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित पाटे बाघको छाला नगद रु.६,०००,०००।–(साठी लाख मात्र) मा बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएका निम्न व्यक्तिहरुलाई प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि ल्याएको ।
पक्राउ मानिसहरु:-
१) नाम:– टेक बहादुर तामाङ
उमेर :– ४३ बर्ष
ठेगाना:– जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०५
हालको ठेगाना:- का.जि. गोलढुङ्गा
पेशा:- ज्यामी काम गर्ने
२) नाम:– सुजन थिङ
उमेर :– २८ बर्ष
ठेगाना:– जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०५ पाल्चोक सागिने
पेशा:- दुनोट व्यापारी
३) नाम:– आशिष तामाङ
उमेर :– २७ बर्ष
ठेगाना:– जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ०५
पेशा:- कृषि
४) नाम:– सानुकान्छा थिङ
उमेर :– २४ बर्ष
ठेगाना:– जिल्ला मकवानपुर थाहा न.पा. वडा नं. ०८
हालको ठेगाना:- का.जि. गोलढुङ्गा
पेशा:- ड्राईभर
बरामद सामानहरु:-
पाटे बाघको छाला थान १ ।
अनुसन्धानबाट खुलेका कुराहरु:-
धादिङको स्थानिय व्यक्तिबाट टेकबहादुर तामाङले नगद रु. ३५,००,०००।–(रुपैंया पैंतिस लाख) मा खरिद गरी ल्याएको ।
उक्त पैसा स्थानिय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको ।
उक्त छाला माथि उल्लेखित व्यक्तिहरुले रु. ६०,००,०००।–(रुपैया साठी लाख) मा बिक्रि गरी बाँडेर खाने, दशैं मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको भन्ने समेत प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो। वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ । मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा […]

सुनसरी । इटहरीका एक युवकको धरानस्थित तीनकुने प्रहरी चौकीमा हिरासतमै भएको मृत्युलाई मृतकको परिवारले भने हत्या भएको दाबी गरेको छ । चेकजाँचको क्रममा प्रहरीको निर्घात कुटपिटबाट २० वर्षीय युवराज निरौलाको ज्यान गएको भन्दै परिवारले घटनाको निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले भने लागुऔषधको ओभर डोज […]

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

error: Content is protected !!