२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

सल्यान जिल्ला ट्राफिकद्धारा २ महिनामा रु ५ लाख राजस्व संकलन

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar
सल्यान जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले चालु आर्थिक बर्षको २ महिनामा पाँच लाख रुपैँया बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगरेर सवारीसाधन चलाउनेहरुलाई कारवाही गर्दा चालुआर्थिक बर्षको पहिलो २ महिना साउन र भदौँमा मात्रैँ ५ लाख ७ हजार रुपैँया राजस्व संकलन भएको हो । यस अबधिमा ५ सय ९ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी सहायक निरीक्षक सन्दिप विकका अनुसार साउन महिनामा २ सय ८३ वटा सवारीसाधन कारवाही गर्दा २ लाख ८० हजार ५ सय रुपैया राजस्व संकलन भएको छ । यस्तै भदौँ महिनामा २ सय २६ वटा सवारीसाधन कारवाहीमा पर्दा २ लाख २६ हजार ५ सय रुपैँया राजस्व संकलन भएको छ ।
साउन महिनामा ८ वटा बसलाई कारवाही गर्दा ८ हजार, ३६ वटा ट्रकलाई कारवाही गर्दा ३६ हजार र ३३ वटा जीपकारलाई कारवाही गर्दा ३३ हजार राजस्व संकलन भएको छ । यस्तै १ सय ६४ वटा मोटरसाइकललाई कारवाही गर्दा १ लाख ५२ हजार, २४ वटा ट्याक्टरलाई कारवाही गर्दा २४ हजार र अन्य १८ सवारीसाधनलाई कारवाही गर्दा १७ हजार ५ सय राजस्व संकलन भएको छ ।
यस्तै भदौँ महिनामा ५ वटा बसलाई कारवाही गर्दा ५ हजार, ३३ वटा ट्रकलाई कारवाही गर्दा ३३ हजार र ३१ वटा जीपकारलाई कारवाही गर्दा ३१ हजार राजस्व संकलन भएको छ । यस्तै १ सय २४ वटा मोटरसाइकललाई कारवाही गर्दा १ लाख २५ हजार, २१ वटा ट्याक्टरलाई कारवाही गर्दा २१ हजार र १२ वटा अन्य सवारीसाधनलाई कारवाही गर्दा ११ हजार ५ सय राजस्व संकलन भएको कार्यालयको भनाई छ ।
कार्यालयका अनुसार जिल्लामा साउन महिनामा १४ वटा र भदौँ महिनामा ९ वटा गरी २३ वटा सवारी दुर्घटना भएका छन् । जसमा परेर एक जनाएको मृत्यू भएको छ भने ३६ जना घाइते भएका छन् । कार्यालय प्रमुख बिकले पछिल्लो समय सवारीसाधनको छड्के जाँचलाई थप कडाई गरिएको बताउनुभएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा सवारीसाधनमा भिडभाड हुदाँ आमनागरिकमा पनि कोरोनाको संक्रमण बढ्नेसक्ने भएकाले आबश्यक सावधानी अपनाउदैँ सवारीसाधन चलाउन सुझाव दिइएको बताउनुभयो । उहाँले मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भिडभाड नगर्न तथा सिट क्षमताको आधा मात्रै यात्रु राखेर सञ्चालन गर्न सुझाव दिइएको बताउनुभयो ।
यस अबधिमा सरकारले बनाएको स्वास्थ्य सुरक्षाको मापदण्ड विपरित सञ्चालन भएका आधा दर्जन बढी सवारीसाधनलाई कारवाही गरिएको उहाँको भनाई छ । यस्तै निर्धानित भाडादर भन्दा बढी भाडा लिने सवारीसाधनलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!