०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राज्यले वेवास्ता गरेपछि पेट भर्न भारत जान बाध्यता नागरिकहरु

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

प्रिन्स मिश्रा
कृष्णनगर भारतबाट फर्केका नेपालीहरु भाेकाे पेट पाल्न पुन: भारत जानेक्रम बढेकाे छ।
भारतमा काेराेना संख्या बढ्दै गएपनि राज्यले जिवकाेपार्जनका लागि कुनै व्यवस्थापन नगरेकाले तीन हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन ।
लामो समय देखिको लकडाउन र कोरोना कहरले गर्दा खाना लाउन मुस्किल भएको भन्दै काम खोज्दै नेपालीहरु भारततिर गएका हुन । लकडाउन सुरु भएपछि नेपाल फर्किएकाहरु पनि कोरोना कहरका विचमै पुन भारतमा रोजगारीका लागी गएका प्रहरी नायब निरीक्षक रेशम बहादुर जीसीले बताएका छन । कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा बुटवल, अर्घाखाची , प्युठान, पाल्पा, लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको स्थायी प्रहरी पोष्ट कृष्णनगरका नायब निरीक्षक जीसीले बताउनु भएको छ ।
भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए । कामका लागि भारत जाने नेपालीको लर्को लागेको उनको भनाई छ । उनले भारतीय आधार कार्ड भएकालाई मात्र भारत जान दिएको बताए । दैनिक १०० जनाको हाराहारीमा कामका लागि भारत जाने गरेको उनको भनाई छ ।
लामो समयदेखि भारतमा बसेर आधार कार्ड बनाएकाहरु पछिल्लो समय भारत जान थालेको प्रहरी नायव निरीक्षक गयन्द्र गिरीले बताए । कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु भारतमा लकडाउन खुलेपछि कामका लागि भारत जान थालेको उनले स्पष्ट पारे । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुन भारत जान थालेका छन , उनले भने ।
उनले औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न केहि छुट गरिएको बताए । वडा कार्यालयको रिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आवत जावत गर्न दिइएको छ उनले भने ।
कृष्णनगर नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कुकुरभुक्वा ,सेमरा नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि सुरक्षाकर्मीले जान दिएको छ । आधार कार्ड नभएकाहरु बैकल्पिक बाटाे बाट भारत प्रवेश गर्न थालेपछि भीडभाड कम हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!