२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार ७ बर्ष पछि बेहना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

महेन्द्र सिंह                                                            बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक उढरापुर गा.वि.स. वडा नं. ६ हाल खजुरा गाउँपालिका वडा नं. ६ का २८ बर्षिय बब्लु वेहना भन्ने रहमत अली वेहनालाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय धनौली खजुराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार उनको घरबाटै पक्राउ गरेको हो । निज बेहनाले २०७० साल असोज १ गते राती साबिकको उढरापुर गाबिस वडा नं. ९ का २० बर्षिय गोलु चमारलाई बाँसको लाठी समेतले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चमारलाई बेहना समेत ५ जनाले मिलेर हत्या गरेका थिए । उक्त घटनामा संलग्न साविक उढरापुर गाबिस ९ वस्ने बिधिया यादवलाई प्रहरीले तत्काल पक्राउ गरी हाल कारागारमा रहेको जनाएको छ । त्यसैगरी, सोही ठेगाना भएका राजेश पासी घटना पश्चात् पक्राउ परेका थिए । उनी हाल पुर्पक्षकालागि कारागार थुनामा रहेका छन । घटनामा संलग्न सोही ठेगानाका नुर हासन खाँ र पेलरु वेहना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]