०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार ७ बर्ष पछि बेहना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

महेन्द्र सिंह                                                            बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक उढरापुर गा.वि.स. वडा नं. ६ हाल खजुरा गाउँपालिका वडा नं. ६ का २८ बर्षिय बब्लु वेहना भन्ने रहमत अली वेहनालाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय धनौली खजुराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार उनको घरबाटै पक्राउ गरेको हो । निज बेहनाले २०७० साल असोज १ गते राती साबिकको उढरापुर गाबिस वडा नं. ९ का २० बर्षिय गोलु चमारलाई बाँसको लाठी समेतले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चमारलाई बेहना समेत ५ जनाले मिलेर हत्या गरेका थिए । उक्त घटनामा संलग्न साविक उढरापुर गाबिस ९ वस्ने बिधिया यादवलाई प्रहरीले तत्काल पक्राउ गरी हाल कारागारमा रहेको जनाएको छ । त्यसैगरी, सोही ठेगाना भएका राजेश पासी घटना पश्चात् पक्राउ परेका थिए । उनी हाल पुर्पक्षकालागि कारागार थुनामा रहेका छन । घटनामा संलग्न सोही ठेगानाका नुर हासन खाँ र पेलरु वेहना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!