११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

आलुको भन्सार गरेर प्याज तस्करी गर्ने भारतीय ट्रक पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

महेन्द्र सिंह                                                    नेपालगन्ज भन्सार कार्यालयबाट आलुको भन्सार गराएर भारतबाट नेपालतिर अबैध प्याज तस्करी गर्ने ट्रक पक्राउ
बाँके प्रहरीले सोमबार आलुको भन्सार गराएर भारतबाट नेपालगन्ज ल्याइएको आलु र प्याजसहित एउटा भारतीय ट्रकलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।
प्रहरीले सोमबार बिहान साढे १ बजेको समयमा वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ रंगशाला आसपास क्षेत्रबाट सामान अनलोड गर्दै गरेको अवस्थामा युपि ७६ के ८६७० नम्बरको इन्डियन बेन्ज ट्रकसहित २६९ बोरा आलु र २१३ बोरा अबैध प्याज सहित ट्रकका चालक भारत उत्तरप्रदेश फरुखाबादका २७ बर्षिय इन्द्रजित सिंहलाई नियन्त्रण लिएको जनाएको छ ।
अरीबा फ्रुट सप्लायर्स नेपालगन्जको नाममा ५०६ बोरा आलुको भन्सार गराएर उक्त ट्रक नेपालगन्ज आएको प्रहरीले बताएको छ ।
५०६ बोरा आलुको भन्सार गराएर ५० केजीको २६९ बोरा आलु (१३४५० किलो) र २० केजीको २१३ बोरा प्याज (४३६० किलो) बरामद गरेको बाँके प्रहरी प्रमुख प्रहरी एसपी ओम बहादुर रानाले जानकारी दिए । बरामद सामानको मूल्य अन्दाजी ६ लाख ७२ हजार ५ सय बराबरको रहेको उनले बताए ।
बरामद गरिएको आलु, प्याज र चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!