०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

एक महिलाले एकैपटक पाँच जना शिशु जन्ममाइकी छिन

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar
काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया एक महिलाले एकैपटक पाँच जना शिशु जन्म दिनुभएको छ । नुवाकोटकी सोमिका तामाङले एकैपटक पाँच जना शिशुलाई जन्म दिनुभएको हो ।
अस्पतालकी निर्देशक डा. संगिता मिश्राले पाँचमध्ये चार जना जीवित रहेको जानकारी दिनुभयो । २८ हप्तामा नै एक जना बच्चा पेट भित्र मृत्यु भएको जानकारी दिनुभयो । भिडियो एक्सरे गर्दा नै थाहा पाएका थियौं कि एउटा बच्चा मरेको छ भन्ने डा. मिश्राले भन्नुभयो,“तर पेटमा पानी जमेकोले शल्यक्रिया गरेर बच्चा निकालेको बताउनुभयो । उहाँले तीनवटा बच्चालाई आमालाई दिइसकेको जानकारी दिनुयो । ती बच्चा एककेजी ६ सय ग्राम देखि एक केजी नौसय ग्रामसम्मका छन् । आठसय ग्रामको बच्चालाई भने आइसियुमा राखिएको छ ।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन् । डा. सुदेदीले जन्मिएका शिशुहरु जीवित चार जना छोरी रहेको बताउनुभयो ।
अहिले जीवित शिशुहरुलाई आइसीयू अव्जरभेसनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ । उहँले पेटमा पानी जमेकोले ३२ हप्तामा शल्यक्रिया गर्नुपरेको बताउनुभयो ।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन हुनुहुन्थ्यो भने एनेस्थेसियामा डा. मुकेशकुमार हुनुहुन्थ्यो । त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गर्नुभएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!