११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मीहरु कूल संक्रमितमध्ये १० प्रतिशतमा संक्रमण

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

सागर थापा
नेपालमा कोरोना कहरका कारण सबैभन्दा प्रताडित छन् फ्रन्टलाइनमा खटिएकाहरु । स्वास्थ्यकर्मी,सुरक्­षाकर्मीहरुदेखि बैंकरहरुसमेत कोरोना संक्रमणको उच्च जोखिममा छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हिजोसम्ममा संक्रमितहरुको संख्या ८६ हजार ८२३ जना रहेको छ । जसमध्ये उपचारपछि ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् । कोरोनाकै कारण हालसम्म नेपालमा ५३५ जनाले ज्यान गुमाइसकेका छन् ।तथ्यांक अनुसार नेपालमा कूल संक्रमितमध्ये झण्डै १० प्रतिशत सुरक्षाकर्मीहरु छन् । कूल संक्रमितको संख्या ८६ हजार पुग्दा झण्डै ८ हजार २ सय सुरक्षाकर्मीहरु कोरोना संक्रमणमा परेका छन् । यो भनेको झण्डै १० प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!