११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

जिल्ला प्रहरी कार्यालय बाँकेमा अमर प्रहरी स्मारक बन्दै

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ ।
मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन ।
शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको सम्झना र सम्मानमा प्रहरी कार्यालय परिसरभित्र निर्माण हुन लागेको ऐतिहासिक स्मारकले सहिद प्रहरी परिवारका सदस्यहरुको लागि पनि सम्मान हुने बताए । उनले प्रहरी सदैव देश र जनताको लागि अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गरिरहेको बताए । प्रजिअ कुरुम्बङले कोभिडको यस्तो महामारी बिचमा पनि प्रहरीले जनताको स्वास्थ्य सुरक्षाका लागि दिनरात स्वास्थ्यकर्मीले जस्तै अग्रमोर्चामा रहेर खटिरहेको स्मरण गर्दै प्रहरीको उच्च प्रशंसा गरेका थिए ।
शिलान्यास कार्यक्रममा बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले देश र जनताको सुरक्षाका लागि कर्तव्य पालना गर्दागर्दै अमर हुन पुगेका सहिद प्रहरी र उनीहरुका परिवारका सदस्यहरुको सम्मानका लागि प्रहरी कार्यालय परिसरमा स्मारक निर्माण गर्न लागेको जानकारी दिए । उनले प्रहरीका विभिन्न कार्यक्रम तथा प्रहरी दिवस गर्दा/मनाउँदा जिल्लाकै प्रहरी कार्यालयमा स्मारक नहुँदा अमर प्रहरी परिवारका सदस्यहरु दुखी भएको आफुले महसुस गरेकोले यो स्तम्भ निर्माण गर्न लागेको बताए । अबदेखि प्रहरी दिवस लगायतका कार्यक्रम यहीँ गरिने पनि उनले जानकारी गराए ।
निर्माण समितीका अध्यक्ष बसन्ता जोशीले स्मारक बनाउनका लागि कहिँ कतैबाट बजेट जोहो नभएको बताइन । उनले स्मारक निर्माणका लागि कतैबाट पनि रकम संकलन नगरिएको बताउँदै उनले सम्पुर्ण अमर प्रहरी परिवार, प्रहरी सदस्य, भुतपुर्व प्रहरी तथा शुभचिन्तकबाट स्वस्फूर्त रुपमा हुने सहयोगले निर्माण सम्पन्न गरिने बिश्वास व्यक्त गरिन ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख उप-अनुसन्धान निर्देशक नरेन्द्र राज गिरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का, प्रहरी निरीक्षक सुरज खत्री, भुतपुर्व प्रहरी संगठन बाँकेका अध्यक्ष गङ्गा बहादुर अधिकारी, भुतपुर्व प्रहरी नायब उपरीक्षक चिन्तामणी बुढाथोकी अमर अशक्त प्रहरी संगठनका पदाधिकारी तथा परिवार सदस्य, प्रहरीका सिनियर तथा जुनियर अधिकृतका साथै प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!