०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

प्रदेश ५ को राजधानी दाङ भएको खुसीयालीमा दीप प्रज्ज्वलन

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

सागर थापा
दाङ प्रदेश सभा बैठकले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी घोषणा गरेपछि उक्त निर्णयको दाङमा भब्य स्वागत गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाहरुले स्वागत गर्दै दीप प्रज्ज्वलन र नाचगान गरेका छन् । ५ नं. प्रदेशको नाम लुम्वीनी र त्यसको स्थायी राजधानी दाङ भएको छ । मंगलवार बसेको प्रदेशसभा बैठकले सरकारले ल्याएको प्रदेशको नामांकन र त्यसको स्थायी राजधानीको प्रस्ताव पारित गरेको छ
प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको कुल सदस्य संख्या ८७ मध्ये उपस्थित ८२ सांसदहरुले मतदानमा सहभागिता जनाए । प्रदेशको राजधानी दाङको पक्षमा ६९ र विपक्षमा १३ मत खस्यो । सभाको कुल सदस्य संख्याको दुइ तिहाइ बहुमत प्रस्तावको पक्षमा आएपछि प्रदेशको राजधानी दाङ हुने प्रस्ताव पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।
यसैगरी प्रदेशको नामका लागि ८३ सदस्यहरुले भाग लिएकोमा लुम्वीनी हुनुपर्ने पक्षमा ७९ मत विपक्षमा ४ मत खसेको छ । प्रदेशको राजधानी तोक्न सभाको दुइतिहाई मत हुनुपर्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!