०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रदेश ५ को राजधानी दाङ भएको खुसीयालीमा दीप प्रज्ज्वलन

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

सागर थापा
दाङ प्रदेश सभा बैठकले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी घोषणा गरेपछि उक्त निर्णयको दाङमा भब्य स्वागत गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थाहरुले स्वागत गर्दै दीप प्रज्ज्वलन र नाचगान गरेका छन् । ५ नं. प्रदेशको नाम लुम्वीनी र त्यसको स्थायी राजधानी दाङ भएको छ । मंगलवार बसेको प्रदेशसभा बैठकले सरकारले ल्याएको प्रदेशको नामांकन र त्यसको स्थायी राजधानीको प्रस्ताव पारित गरेको छ
प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको कुल सदस्य संख्या ८७ मध्ये उपस्थित ८२ सांसदहरुले मतदानमा सहभागिता जनाए । प्रदेशको राजधानी दाङको पक्षमा ६९ र विपक्षमा १३ मत खस्यो । सभाको कुल सदस्य संख्याको दुइ तिहाइ बहुमत प्रस्तावको पक्षमा आएपछि प्रदेशको राजधानी दाङ हुने प्रस्ताव पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।
यसैगरी प्रदेशको नामका लागि ८३ सदस्यहरुले भाग लिएकोमा लुम्वीनी हुनुपर्ने पक्षमा ७९ मत विपक्षमा ४ मत खसेको छ । प्रदेशको राजधानी तोक्न सभाको दुइतिहाई मत हुनुपर्ने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!