०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके सशस्त्र प्रहरीद्वारा ४ लाख बराबरको अवैध लेडिज कपडा पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २१, २०७७

महेन्द्र सिंह
बाँके दशै नजिकिदै गर्दा बढी मुल्यमा बेच्नलाई भारतबाट नेपालगन्ज ल्याइदै गरिएका लाखौं मुल्य बराबरका महिलाहरुको लागि प्रयोग हुने लत्ता कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज वडा नम्बर १५ पिपरा गाउँबाट उक्त महिलाहरुले प्रयोग गर्ने कपडासहित तस्करीमा प्रयोग भएको अटोरिक्सालाई समेत बरामद गरेको हो। बरामद गरिएका कपडाहरुमा ६१ हजार रुपैयाँ बराबरको लेडिज सुट ६१ थान, ९०३०० रुपैयाँ बराबरको लेडिज कुर्ती १२९ थान बरामद गरेको छ। त्यस्तै १४४०० रुपैयाँ बराबरको १२० थान लेडिज सल र १ लाख ५ हजार बराबर मुल्यको भे १ स ७१६६ नम्बरको अटोरिक्सा बरामद गरेको हो।
सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको टोलीले बरामद गरेका कपडा
भारतबाट कपडा ल्याउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ना साथ अटोरिक्सा र कपडा छोडेर भागेको सशस्त्र प्रहरीले बताएको छ।
त्यस्तै सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले पनि आज बिहान २ बजे नेपालगन्ज वडा नम्बर १५ नयाँबस्तीबाट लेडिज कपडा बरामद गरेको छ। बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमान्डको टोलीले भारतबाट ल्याइदै गरिएका ६० हजार ९०० रुपैयाँ बराबरका ५० पिस लेडिज सुट, ५२ पिस लेडिज कुर्ती र ५१ पिस पलाजु बरामद गरेको हो।
दुबै टोलीले बरामद गरिएको सबै अवैध सामाग्रीको मुल्य ३ लाख ३१ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेले जानकारी दिएको छ।बरामद गरिएका सबै सामाग्रीलाई आजै नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!