०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

बाँके प्रहरीको दशैं तिहार विशेष सुरक्षा योजना सार्वजनिक

Logo
प्रकाशित आइतबार, आश्विन २५, २०७७

महेन्द्र सिंह                                                          जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको महान चाडवाड दशै, तिहार तथा छ्ठ पर्वलाई  मध्य नजरगर्दै बाँके जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नकालागि विशेष सुरक्षा योजना ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार पत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन ।
पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने प्रहरी उपरीक्षक रानाले जानकारी गराए ।
सुरक्षा योजना अन्तर्गत पिकेट ३३ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली (सादा पोशाक) २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, काउन्टर पार्ट्स सिमानाकाका १२ स्थानमा, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा र कमान्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गर्ने गरी ६ सय ५० प्रहरी परिचालन गरिने रानाले जानकारी दिए । चाडबाडको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि बाँके प्रहरीले जिल्ला भित्र विशेष सुरक्षा योजना ल्याएको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]