०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश ५ को स्थायी राजधानीको प्रशासनिक काम पनि दाङको भालुवाङबाट हुने

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

ABC Sanchar दाङको राप्ती गाउँपालिका गढवा गाउँपालिकाका १ , २ र ३ नं. वडा तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको ८ र ९ वडाको केही भागलाई समेटिने गरी प्रदेश सरकारले लुम्बिनी प्रदेश र राजधानी घोषणा गर्यो।
प्रदेशको नामाकरण र राजधानी घोषणा भएपछि दाङवासी र आफुहरुलाई पायक पर्ने जिल्लाका स्थानीयले भब्य स्वागत गरे । दुई जिल्लाका तीन क्षेत्रलाई समेटेर राजधानी बनाउने घोषणा भए पनि मुख्य केन्द्र विन्दु भने भालुबाङ्ग बजार मानिएको सबैको आंकलन रह्यो । यही असोज १३ गते रुपन्देहीका नेकपा र नेपाली कांग्रेसका केही सांसदहरुको विरोधका बावजुद पनि प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानी तोकियो ।
स्थायी राजधानी तोकिए पनि भौतिक संरचनाको अभाव देखाउदै प्रशासनिक काम बुटवलबाटै हुने भनेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अभिब्यक्ति दिएपछि त्यसको भने सर्वत्र विरोध भएको छ । दाङवासीले स्थायी राजधानी घोषणा भएसंगै प्रशासनिक काम दाङबाटै हुनु पर्ने माग राख्दै आएका छन् ।
‘धेरै मेहनतका कारण प्राप्त गरेको राजधानी हामीले गुमाउन चाहान्नौ राजधानीका लागि के-के गुमाउन पर्छ हामी तयार छौ’ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले भने ‘एउटा मन्त्रालयको मात्र कुरा हैन प्रदेश सरकार आउने हो, त्यसका लागि अहिले तत्कालै हामी सँग भौतिक संरचना छैन, तर राज्यले चाहेको खण्डमा अबको केही समयमा संरचना बनाएर सार्न पनि सकिन्छ तर यो बारेमा मुख्यमन्त्रीले सोच्नु पर्छ ।’
राजधानी निर्माण प्राधिकरणका सिईओ र मुख्यमन्त्री कार्यालयका सचिवले स्थायी राजधानी हुने ठाउँको अध्ययन र अवलोकन पनि गरेको छ । ‘अहिले प्राधिकरणका लागि एउटा घर खोज्दै छौ, उहाँहरु बसेर कुन क्षेत्रमा मुख्यमन्त्री कार्यालय राख्ने, कुन ठाउँमा अन्य मन्त्रालय राख्ने, कुन ठाउँमा मन्त्रीहरुको निवास बनाउने, कर्मचारी निवास कता बनाउने, कुन ठाउँमा खेलकुद मैदान बनाउने, पार्क कता बनाउने, बजार कता कसरी व्यवस्थापन गर्ने भन्ने कुराको गुरु योजना बनाउने छ त्यस पछि अन्य काम शुरु हुनेछ’ अध्यक्ष सुबेदीले भने ।
जुन वडामा राजधानी रहने भनेर तोकिएको छ त्यो वडामा सार्वजनिक जग्गा के कति छ ? उक्त जग्गाको सम्पूर्ण विवरण र प्रदेश सरकारलाई त्यो जग्गा दिने भनेर गाउँ कार्यपालिकाले निर्णय गर्नु पर्ने भएको उनले बताए । त्यस पछि प्रदेश सरकारले बनाएको राजधानी निर्माण प्राधिकरणले गुरु योजना बनाएर काम अघि बढाउने गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!