०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

प्रदेश ५ को स्थायी राजधानीको प्रशासनिक काम पनि दाङको भालुवाङबाट हुने

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

ABC Sanchar दाङको राप्ती गाउँपालिका गढवा गाउँपालिकाका १ , २ र ३ नं. वडा तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको ८ र ९ वडाको केही भागलाई समेटिने गरी प्रदेश सरकारले लुम्बिनी प्रदेश र राजधानी घोषणा गर्यो।
प्रदेशको नामाकरण र राजधानी घोषणा भएपछि दाङवासी र आफुहरुलाई पायक पर्ने जिल्लाका स्थानीयले भब्य स्वागत गरे । दुई जिल्लाका तीन क्षेत्रलाई समेटेर राजधानी बनाउने घोषणा भए पनि मुख्य केन्द्र विन्दु भने भालुबाङ्ग बजार मानिएको सबैको आंकलन रह्यो । यही असोज १३ गते रुपन्देहीका नेकपा र नेपाली कांग्रेसका केही सांसदहरुको विरोधका बावजुद पनि प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानी तोकियो ।
स्थायी राजधानी तोकिए पनि भौतिक संरचनाको अभाव देखाउदै प्रशासनिक काम बुटवलबाटै हुने भनेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अभिब्यक्ति दिएपछि त्यसको भने सर्वत्र विरोध भएको छ । दाङवासीले स्थायी राजधानी घोषणा भएसंगै प्रशासनिक काम दाङबाटै हुनु पर्ने माग राख्दै आएका छन् ।
‘धेरै मेहनतका कारण प्राप्त गरेको राजधानी हामीले गुमाउन चाहान्नौ राजधानीका लागि के-के गुमाउन पर्छ हामी तयार छौ’ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले भने ‘एउटा मन्त्रालयको मात्र कुरा हैन प्रदेश सरकार आउने हो, त्यसका लागि अहिले तत्कालै हामी सँग भौतिक संरचना छैन, तर राज्यले चाहेको खण्डमा अबको केही समयमा संरचना बनाएर सार्न पनि सकिन्छ तर यो बारेमा मुख्यमन्त्रीले सोच्नु पर्छ ।’
राजधानी निर्माण प्राधिकरणका सिईओ र मुख्यमन्त्री कार्यालयका सचिवले स्थायी राजधानी हुने ठाउँको अध्ययन र अवलोकन पनि गरेको छ । ‘अहिले प्राधिकरणका लागि एउटा घर खोज्दै छौ, उहाँहरु बसेर कुन क्षेत्रमा मुख्यमन्त्री कार्यालय राख्ने, कुन ठाउँमा अन्य मन्त्रालय राख्ने, कुन ठाउँमा मन्त्रीहरुको निवास बनाउने, कर्मचारी निवास कता बनाउने, कुन ठाउँमा खेलकुद मैदान बनाउने, पार्क कता बनाउने, बजार कता कसरी व्यवस्थापन गर्ने भन्ने कुराको गुरु योजना बनाउने छ त्यस पछि अन्य काम शुरु हुनेछ’ अध्यक्ष सुबेदीले भने ।
जुन वडामा राजधानी रहने भनेर तोकिएको छ त्यो वडामा सार्वजनिक जग्गा के कति छ ? उक्त जग्गाको सम्पूर्ण विवरण र प्रदेश सरकारलाई त्यो जग्गा दिने भनेर गाउँ कार्यपालिकाले निर्णय गर्नु पर्ने भएको उनले बताए । त्यस पछि प्रदेश सरकारले बनाएको राजधानी निर्माण प्राधिकरणले गुरु योजना बनाएर काम अघि बढाउने गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । श्रीलङ्काली प्रहरीले जङ्गली हात्तीलाई आगो लगाएको भिडियो भाइरल भएपछि जनावरहरूप्रति क्रूरता देखाएको आरोपमा तीन जनालाई बिहीबार पक्राउ गरेको छ। प्रहरीले ४२ देखि ५० वर्ष उमेर समूहका ती व्यक्तिलाई कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुरा जिल्लाबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई सामाजिक सञ्जालमा साझा गरेपछि उत्पन्न व्यापक विरोधपछि डिसेम्बर २४ सम्म हिरासतमा […]

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरेका छन् । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सम्बोधन गर्दै उनले भने, ‘सके निर्वाचनको तयारी गर, नत्र बाटो लाग।’ उनले भदौ २४ गते आफूहरूलाई धोका भएको भन्दै टोलटोलमा सुरक्षा दस्ता तयार पार्न पार्टीका नेता […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा जाने तयारीमा जुटेका छन् । बिहीबार उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् । रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइट मार्फत भैरहवा जानेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न […]

error: Content is protected !!