२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको शंकर माध्यमिकका विद्यार्थीमा कोरोना देखिए पछी बिधालय शिल

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

बिदुर एमसी
दाङ राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ९ कोभिड१९० को संक्रमण तिव्र गतिमा फैलिरहेकाले विद्यालयका केहि विद्यार्थीहरूमा पनि त्यसको मिल्दोजुल्दो लक्षण देखा परेकाले र शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरूमा समेत कोरोना पोजेटिभ देखिएकोले असोज २६ गते सोमबार देखि असोज ३० गते शुक्रबार सम्म ५ दिनका लागि विद्यालय शिल गर्नु परेको विद्यालयका प्रअ सुवर्णमान चौधरीले जानकारी दिएका छन् ।
कोरोना पोजेटिभ देखाएका व्यक्तिको सम्पर्कमा रहेका शिक्षकको पिसिआर रिपोर्ट नआएकाले सो समय अवधीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरूको समन्वयमा सञ्चालन हुँदै आएको शिक्षण सिकाई सहजीकरण तत्कालका लागि बन्द गरिएको र कक्षा ११ को परिक्षा तथा अत्यावश्यक प्रशासनिक कार्य भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्ने निर्णय भएको विद्यालयका प्रअ चौधरीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]