१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङको शंकर माध्यमिकका विद्यार्थीमा कोरोना देखिए पछी बिधालय शिल

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

बिदुर एमसी
दाङ राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ९ कोभिड१९० को संक्रमण तिव्र गतिमा फैलिरहेकाले विद्यालयका केहि विद्यार्थीहरूमा पनि त्यसको मिल्दोजुल्दो लक्षण देखा परेकाले र शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरूमा समेत कोरोना पोजेटिभ देखिएकोले असोज २६ गते सोमबार देखि असोज ३० गते शुक्रबार सम्म ५ दिनका लागि विद्यालय शिल गर्नु परेको विद्यालयका प्रअ सुवर्णमान चौधरीले जानकारी दिएका छन् ।
कोरोना पोजेटिभ देखाएका व्यक्तिको सम्पर्कमा रहेका शिक्षकको पिसिआर रिपोर्ट नआएकाले सो समय अवधीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरूको समन्वयमा सञ्चालन हुँदै आएको शिक्षण सिकाई सहजीकरण तत्कालका लागि बन्द गरिएको र कक्षा ११ को परिक्षा तथा अत्यावश्यक प्रशासनिक कार्य भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्ने निर्णय भएको विद्यालयका प्रअ चौधरीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!