०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बाँकेको खजुराबाट गाईको मासुसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

महेन्द्र सिंह
बाँके ईलाका प्रहरी कार्यालय धनौलीले ७ किलो गाईको मासु हड्डी र छालासहित बाँकेको खजुराबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।
धनौली प्रहरीले आइतबार खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरबाट सोही ठेगाना भएका ४५ बर्षिय चुन्नी खाँ, ५० बर्षिय सब्दिर खाँ र ३४ बर्षिय अब्दुल आसिक खाँ लाई गाईको ७ किलो मासु, हड्डी र छालासहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सब्दिर खाँ को घरदेखि अन्दाजी २ किलोमीटर उत्तर पुर्वमा रहेको आस्थाक खाँ को खेतबारीमा गाई काटिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको कमान्डमा गएको टोलीले सब्दिर खाँ को घरबाट अन्दाजी ७ किलो गाईको मासुसहित तीनैजनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान गरीरहेको ५. नम्बर प्रदेश प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!