१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

बाँकेको खजुराबाट गाईको मासुसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

महेन्द्र सिंह
बाँके ईलाका प्रहरी कार्यालय धनौलीले ७ किलो गाईको मासु हड्डी र छालासहित बाँकेको खजुराबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।
धनौली प्रहरीले आइतबार खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरबाट सोही ठेगाना भएका ४५ बर्षिय चुन्नी खाँ, ५० बर्षिय सब्दिर खाँ र ३४ बर्षिय अब्दुल आसिक खाँ लाई गाईको ७ किलो मासु, हड्डी र छालासहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
सब्दिर खाँ को घरदेखि अन्दाजी २ किलोमीटर उत्तर पुर्वमा रहेको आस्थाक खाँ को खेतबारीमा गाई काटिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको कमान्डमा गएको टोलीले सब्दिर खाँ को घरबाट अन्दाजी ७ किलो गाईको मासुसहित तीनैजनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान गरीरहेको ५. नम्बर प्रदेश प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

error: Content is protected !!